परिवर्तन हुदै जन्मदिन मनाउने शैली जन्मदिनको अवसरमा वडाअध्यक्ष पौडेलले गरे आथिैक सहयोग
सन्तोष सुनार प्युठान। जिल्लमा मानिसहरु आफ्नो जन्मदिनको अवसरमा साथी भाई मिलेर पार्टी गर्ने,ठुलो धनराशि खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्दछन । तर मल्लरानी गाउँपालिका ३, का वडाअध्यक्ष नोमराज पौडेलले आफ्नो जन्मदिनको अवसरमा उनले एक महिनाको सेवा सुबिधा बापत २१ हजार ४५० रुपिया नेपाल रेड्क्रस सोसाईटी धरमपानी उप शाखालाई आर्थिक सहायता प्रदान गरेका छन् । आज मंगलबार निर्वतमान वडा अध्यक्ष गिरीराज पौडेलको गरिामायँ उपस्थितीमा पौडेलले चेक हस्तान्तरण गरेका हुन । अध्यक्ष पौडेलले आफुले सहयोग गरेको रकमबाट बुवाआमाको नाममा केशवराज, वेलाकुमारी अक्षयकोष स्थापना गरेको स्वर्गद्वारी अपडेटलाई जानकारी दिए । उक्त अक्षयकोषमा जम्मा भएको रकम नेपाल रेड्क्रस सोसाईटी धरमपानी उपशाखाले सामाजिक कार्यमा खर्च गर्ने उनको विश्वासरहेको बताए । पौडेल वडा अध्यक्षमा निर्वाचित हुनु भन्दा पहिले पत्रकारीता कार्यमा सक्रिय रहेर काम गरेका थिय । वडा अध्यक्षमा निर्वाचित भएपछि झन जनताकोमुखिकरण रहेर कार्य गर्ने तथा सहयोग गर्ने पौडेलले आश्वासन दिएका छन ।








