समय : ०७:१० pm | बिहिबार , फागुन १४ गते २०८२

दाह्री ग्याङ्गाद्वारा रुखबाट खसेर मेरुदण्डको हड्डी भाचिएकी सुनारलाई बाह हजार दश सहयोग

स्वर्गद्वारी अपडेट | फागुन १७ गते २०७९
सन्तोष सुनार प्युठान ।प्युठान नगरपालिका ९ भरतेडाडा निवासी रुखबाट खसेर मेरुदण्डको हड्डी भाचिएकी शान्ती सुनारलाई आज बुधवार दाह्री ग्याङ्ग प्युठानले बाह हजार दश रुपैया सहयोग गरेको छ । सुनार गत कार्तिक महिना घर नजिकैको तेजुको बुटाबाट खसेर उनको मेरुडण्डको हड्डि भाचिएको हो । उनको पाच परिवार सदस्यमा श्रीमा रोजगारको शिलशिलामा भारत गएको बेलामा काम गर्ने क्रममा उनको खुट्टा भाचिएको थियो र उनि केहि उपचार पछि घर फर्की आत्मा गरेको परिवार स्रोतले जानकारी दियो । अहिले उनका दुई छोरा र सासुरहेका छन  । घरको आर्थिक स्थिती निकै कमजोर र श्रीमतिको उपचारमा लागेको रिनको कारण मानशिक तनावले श्रीमान राजुले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । आर्थिक साहयताको बाटो नहुदा परिवार विचल्लित परेको छ । उनको बिजोक तथा दयानिय अबस्था देखेर दारी ग्याङ प्युठानले आर्थिक संकलन गरेर शान्ती सुनार लाई रु १२०१०रुपैया हस्तान्तरण गरेको दारी ग्याङ प्युठानका अध्यक्ष जिवन खनालले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए । । यसभन्दा पहिले पनि उनको श्रमिानलाई मङ्शिर१० गतेका दिन उनको श्रमिानराजु सुनार लाई रु १५६६५र( रुपैया हस्तान्तरण गरेको दारीग्याङ प्युठान बताएको छ । दाह्री ग्याङ्ग प्युठान सामाजिक कार्यमा निरन्तर रुपमा लागिपरेको छ ।

यो पनि पढ्नुहोस्