समय : ०५:४६ pm | बिहिबार , फागुन १४ गते २०८२

प्यूठान डान्स आइडलमा चयन भएका आठ जनाबाट आज तिन बाहिरीए

स्वर्गद्वारी अपडेट | फागुन १२ गते २०७९
सन्तोष सुनार प्युठान, स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवको प्युठान डान्स आइडल टप ८ बाट ३ जना बाहिएका छन । ५जना प्रतिष्पर्धी उत्कृष्ट्र भई टप पाचँमा पर्न सफल भएका छन । आठौँ दिन आएडलले भोटिङ को ५० प्रतिशत  र निर्णयकको ५० प्रतिशतको आधरमा मनिषा घर्ती नौबहिनी गाउँपालिका , सृष्टि रेग्मी झिमरुक गाउँपालिका र सायना सुनार प्यूठान नगरपालिका तिन जना आउट भइ५ जना टपमा परेको  प्यूठान डान्स आइडल व्यवस्थापन समिति संयोजक प्यार अलि खानले जानकारी दिएका छन्। जसका नामहरु एलिसा थापा मल्लरानी गाउँपालिका , ,विरा घर्ती मगर स्वर्गद्वारी नगरपालिका , अर्जुन भण्डारी प्यूठान नगरपालिका रेजिना केसी गौमुखी गाउँपालिका र सरस्वती घर्ती मगर प्यूठान नगरपालिकाको रहेका छन । बाहिरिएका प्रतिस्पर्धीलाई   रियान एण्ड रिदिमा कस्मेटिक सर्जिकल हाउसका प्रो । राजन सुवेदिले मायाको चिनो  दिएका  थिए  ।सुवेदिले बाहिरेका प्रतियोगलाई निरन्तर गिप्ट एम्पाएर तथा मायाको चिनो दिदै आईरहेका छन ।आइडलमा विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ भने फस्ट रनरअपले ३३ हजार ३ सय ३३ रुपैयाँ, सेकेण्ड रनरअपले २२ हजार २ सय २२ रुपैयाँ ट्रफी प्रमाण पत्र पाउने छन्।
  1.  

यो पनि पढ्नुहोस्