स्वर्गद्वारी अपडेट प्यूठान ।
वीरगञ्ज महानगरपालिकाले कार्यालयबाट निस्केको फोहोर सडकमा फालेको भन्दै एनआईसी एसिबैंकला११ हजार रुपैयाँ जरिवाना गरेको छ ।
एनआईसी एसिया बैंकले तेस्रो पटक कार्यालयबाट निस्केको फोहोर सडकमा फालेपछि बैंकलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको सरसफाई व्यवस्थापन महाशाखाका अधिकृत सर्फुदिन मियाँले जानकारी दिए ।यसअघि पहिलो पटक चेतावनी दिएर छोडिएको थियो भने दोश्रो पटक ५ हजार रुपैयाँ जरिवाना तिराइएको उनले बताए । झण्डै डेढ महिनादेखि महानगरले जथाभावी सडक तथा सडकपेटीमा फोहोर गर्नेलाई जरिवाना गर्दै आइरहेको उनको भनाइ छ । अहिलेसम्म भएका जरिवानामध्ये यो सबैभन्दा बढी जरिवाना हो । महानगरले साइरनसहितको ट्याक्टर फोहोर संकलनका लागि पठाउने गरे पनि विभिन्न संघ संस्था, व्यापारी तथा व्यक्तिहरुले सडकपेटी, किनार तथा खाली जग्गामा फोहोर फालिदिने गरेका छन्, जसले गर्दा वीरगञ्ज फोहोरी सहरको रुपमा बदनाम भइरहेको वीरगञ्ज महानगरपालिका स्वच्छ, सफा सुन्दर हराभरा अभियानका संयोजक जय प्रकाश खेतानले बताए ।








