समय : ०३:०३ pm | बिहिबार , फागुन १४ गते २०८२

दाङमा चितुवाको आक्रमणबाट एउटै खाेरका १७ बाख्रा मरे

स्वर्गद्वारी अपडेट | फागुन ३ गते २०७९

स्वर्गद्वारी अपडेट प्यूठान ।

 दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् । लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो । बाख्राकाे खाेरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेकाे हाे । आफूले व्यावसायिक रुपमा पालेका बाख्रा मर्दा दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएकाे पिडित किसान अधिकारीले बताउनुभयाे ।

यो पनि पढ्नुहोस्