समय : ०१:४० pm | बिहिबार , फागुन १४ गते २०८२

तनहुँमा बाख्रा फर्ममा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरकाे क्षति

स्वर्गद्वारी अपडेट | माघ २७ गते २०७९

स्वर्गद्वारी अपडेट प्यूठान । तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पामा रहेकाे कुमालटारी बाख्रा फार्ममा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय चेतप्रसाद तिवारी, कुलप्रसाद तिवारी र विष्णु अम्गाईले सञ्चालन गरेको फार्ममा हिजाे बिहीवार दिउँसो आगलागी भएकाे हाे । आधुनिक बाख्राको खोर निर्माणका क्रममा विद्युत् सर्ट भएर आगलागी हुँदा फार्मकाे ८० प्रतिशतभन्दा बढी भाग जलेर नष्ट भएकाे छ । वडा अध्यक्ष ध्रुव लामिछानेका अनुसार फार्ममा करिब १ सय २० वटा बाख्रा र २ सय वटा कुखुरा पालिएकाे थियाे । खोरमा रहेका बाख्रालाई बाहिर निकालिएकाे तर केही कुखुरा मरेका उहाँले जानकारी दिनुभयाे । करिब दुई करोड रुपैयाँ लगानी रहेकाे फार्मलाई आधुनिक बनाउने क्रममा परालमा अचानक आगो सल्किँदा आगलागी भएकाे कुलप्रसाद तिवारीले बताउनु भयाे । ट्याङ्कर, बन्दिपुर गाउँपालिका र व्यास नगरपालिकाको दमकल, स्थानीय, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा करिब चार घण्टा पछि आगो निभाइएकाे थियाे । आगलागीबाट भएकाे क्षतिकाे पूर्ण विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।

यो पनि पढ्नुहोस्