समय : ११:०१ am | बिहिबार , फागुन १४ गते २०८२

लोक सेवाले स्थगित गर्‍यो अधिकृतको परीक्षा, प्रदेश र स्थानीय तहका कर्मचारीलाई २१ दिने सूचना जारी

स्वर्गद्वारी अपडेट | माघ २४ गते २०७९
स्वर्गद्वारी अपठडेट प्यूठान ।लोक सेवा आयोगले यही माघ २८ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको राजपत्राङ्कति तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । आयोगले राजपत्राङ्कति तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो ।
लोकसेवा आयोगले सूचना जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि पहिलो र द्वितीय चरणका परीक्षाहरु स्थगित गरिएको जानकारी दिएको छ ।
सर्वोच्चले यही माघ २० गते एकपटक लोक सेवा आयोग पास गरी संघ, प्रदेश र स्थानीय तहमा कार्यरत बहालवाला कर्मचारीलाई आयोगको विज्ञापनमा उमेर हद लगाएर नरोक्न अन्तरिम आदेश दिएको थियो ।
यो आदेशसँगै आयोगले प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई शाखा अधिकृत पदमा दरखास्त दिन २१ दिने सूचना पनि जारी गरेको छ ।

यो पनि पढ्नुहोस्