समय : ०१:१५ am | मङ्गलबार , भाद्र ३१ गते २०८१

प्यूठानमा बढयो कोरोना

स्वर्गद्वारी अपडेट | श्रावण २० गते २०७९
अनुज पछाई,प्यूठान ।प्यूठान जिल्लामा पछिल्लो समयमा कोरोनाको सङक्रमित दैनिक थपिन थालेका छन । दैनिकजसो उकालो लागेको कोरोनाको सङक्रमितको सङख्या अहिले ६५ जना पुगेको छ । बुधबार मात्र जिल्लामा नयाँ ७ जना कोरोनाका सङक्रमित थपिएका छन । त्यस्तै बिहिबार थप १२ जनामा सङक्रमण पुष्ट्रि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फेलक पर्सन पुष्कल श्रेष्ठले बताएका छन । त्यस्तै बिहिबार ४ जनाले रोग जितेका छन । साउन यता २४५ जनामा गरिएको एण्जिेन परीक्षणमा ७६ जनामा कोरोना पुष्टि भएको छ । सक्रिय सङक्रमित ६५ जनानै होम आइसुलेसनमा रहेका छन । जिल्लाको प्यूठान नगरपालिकामा सबैभन्दा बढी कोरोनाका स«क्रमित रहेका छन । त्यस्तै माण्डबी गाउपालिका र मल्लरानी गाउपालिका तथा स्वर्गद्धारी नगरपालिकामा पनि कोरोनाका बिरामी तुलनात्मक रुपमा धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । पछिल्लो समयमा पुनः कोरोनाका सङक्रमित देखा परेसंगै सरसफाइको क्षेत्रमा ध्यान दिनको लागी चिकित्सकहरुले आग्रह गरेका छन । बेलाबेलामा साबुनपानीले हात धुने,स्यानिटाइजर प्रयोग गर्ने,सामाजिक दुरी कायम गर्ने,माक्स प्रयोग गर्ने लगायतको स्वास्थ्य सचेतना अपनाउनको लागी चिकित्सकहरुले आग्रह गरेका छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्