समय : ०१:१५ am | मङ्गलबार , भाद्र ३१ गते २०८१

प्यूठानमा कोरोनाका २६ सक्रिय सङक्रमित

स्वर्गद्वारी अपडेट | श्रावण १३ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानमा साउनयता कोरोनाका सक्रिय सङक्रमितको सङख्या बढदै गएको छ । जिल्लामा बिहिबार थप ४ जनामा कोभिड –१९ सङक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल प्युठानमा गरिएको एण्टिजेन परीक्षणका क्रममा थप ४ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोलक प्रशन पुष्कल श्रेष्ठले जानकारी दिएका छन । साउन १ गतेदेखि कोरोना सङक्रमण पुष्टि हुनेको सङख्या २६ जना पुगेको छ । अहिले जिल्लामा २६ जना सक्रिय सङक्रमित रहेका छन । सङक्रमित सबै होम आइसुलेसनमा रहेका छन । पछिल्लो समयमा पुनः कोरोनाका सङक्रमित देखा परेसंगै सरसफाइको क्षेत्रमा ध्यान दिनको लागी चिकित्सकहरुले आग्रह गरेका छन । बेलाबेलामा साबुनपानीले हात धुने,स्यानिटाइजर प्रयोग गर्ने,सामाजिक दुरी कायम गर्ने,माक्स प्रयोग गर्ने लगायतको स्वास्थ्य सचेतना अपनाउनको लागी चिकित्सकहरुले आग्रह गरेका छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्