प्यूठानमा थप ३ जनामा कोरोना पुष्ट्रि
अनुज पछाई , प्यूठान । जिल्लामा सोमबार ३ जनामा कोभिड –१९ सङक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल प्युठानमा गरिएको एण्टिजेन परीक्षणका क्रममा थप ३ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ ।
साउन १ गतेदेखि कोरोना सङक्रमण पुष्टि हुनेको सङख्या १४ जना पुगेको छ । अहिले जिल्लामा १४ जना सक्रिय सङक्रमित रहेका छन । पछिल्लो समयमा पुनः कोरोनाका सङक्रमित देखा परेसंगै सरसफाइको क्षेत्रमा ध्यान दिनको लागी चिकित्सकहरुले आग्रह गरेका छन ।
बेलाबेलामा साबुनपानीले हात धुने,स्यानिटाइजर प्रयोग गर्ने,सामाजिक दुरी कायम गर्ने,माक्स प्रयोग गर्ने लगायतको स्वास्थ्य सचेतना अपनाउनको लागी चिकित्सकहरुले आग्रह गरेका छन ।