प्यूठानमा कोडिड सङक्रमणबाट मृत परिवारलाई १ लाख राहत प्रदान गरिने
अनुज पछाई, प्यूठान । प्यूठानमा कोभिड–१९ सङक्रमणको कारण मृत परिवारलाई राहत स्वरुप रु १ लाख प्रदान गरिने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य जनसङख्या तथा परिवार कल्याण मन्त्रालयको प्रदेश सरकारको जेठ २० गतेको निर्णय अनुसार प्यूठान जिल्लामा कोभिड–१९ सङक्रमणको कारणले ज्यान गुमाएकाको परिवारलाई १ लाख उपलब्ध गराइने भएको छ ।
राहत जिल्ला प्रशासन कार्यालय प्यूठानबाट प्राप्त गरिने छ । मृतकको परिवारले सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयमा पेश गरिसकेपछि जिल्ला प्रशासन कार्यालय मार्फत राहत रकम प्रदान गरिने स्वास्थ्य कार्यालय प्यूठानले प्रकाशन गरेको सुचनामा उल्लेख गरिएको छ ।
राहतको लागी कोभिड पोजेटिभ देखिएको रिपार्ट,मृत्यु दर्ता ,सम्बनिधत वडाको सिफरिस,नागरिकताप्रमाण पत्रको प्रतिलिपी अनिबार्य गरिएको छ ।