समय : ०१:२४ am | मङ्गलबार , भाद्र ३१ गते २०८१

प्यूठानमा मनाइयो योग दिवश

स्वर्गद्वारी अपडेट | असार ७ गते २०७९
अनुज पछाई , प्यूठान । हरेक बर्ष जुन २१ तारिकमा मनाउने गरिएको अन्तराष्ट्रिय योग दिवश मङगलबार प्यूठानमा पनि मनाइएको छ । प्यूठान आयुर्बेद स्वास्थ्य केन्द्र खलंगााको आयोजनामा योग अभ्यास गर्दै अन्तराष्ट्रिय योग दिवश मनाइएको हो । मानबताको लागी योग भन्ने नाराको साथमा मनाइएको योग अभ्यासमा जिल्लाका बालक देखि बृद्धासम्मको सहभागीता रहेको थियो । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकोले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रश्ताव गरेका थिए। उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले पहिलो समर्थन गरेसँगै युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्