प्युठान।प्युठान जिल्ला अस्पतालमा औषधि अभाव भए संगै औषधि आपूर्ति हुन सकिरहेको छैन।अस्पतालमा दैनिक बिरामी बढ्दै तर औषधि घट्दै जाँदा उपचारमा समस्या भएको हो।
प्युठान जिल्ला अस्पतालमा सिटामोल, गर्भवती महिलाका लागि आइरन चक्की र ग्यास्ट्रिकसम्बन्धी औषधि अभाव भएपछि उपचारमा समस्या देखिएको छ।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि नआएपछि यस्तो अवस्था आएको हो।
अस्पतालका स्टोरकिपर नवीन थापाका अनुसार सिटामोलको स्टक छैन, करिब ७-८ महिनादेखि गर्भवती महिलालाई आइरन चक्की दिन सकिएको छैन।धेरै प्रयोग हुने औषधि छिट्टै सकिंदा अभाव देखिएको उनले बताए
प्रदेश सरकारमार्फत आउने ९८ प्रकारका औषधि चालु आर्थिक वर्षमा अझै प्राप्त भएको छैन।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका सूचना अधिकारी माधव पोख्रेलका अनुसार खरिद प्रक्रिया जारी रहेकाले उपलब्ध हुन केही समय लाग्नेछ।








