समय : ०४:०८ am | बिहिबार , माघ २१ गते २०८२

माण्डवीमा एच.पि.भि खोप अभियान सञ्चालन हुदै

माघ २५ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

स्वर्गद्वारी अपडेट | माघ २० गते २०८२

प्युठान।माण्डवी गाउँपालिकामा एच.पि.भि खोप अभियान सञ्चालन गरिदैछ।माण्डवी गाउँपालिकाको आयोजनामा माघ २५ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गर्ने  गाउँपालिकाले जनाएको छ।

मंगलबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा एच.पि.भि खोप अभियान २०८२ को दोस्रो चरणमा माण्डवी गाउँपालिकामा एच.पि.भि.खोप लिनेहरुको संख्या छुटेका र नयाँ गरि २ सय ५७ जना छात्रा रहेको माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलले बताए।उक्त कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य,महत्त्व र प्रभावकारिताको बारेमा र पाठेघरको मुखको क्यान्सरबाट बच्नको लागी दिइने एच.पि.भी.खोपको बारेमा समेत स्वास्थ्य  शाखा प्रमुख पोख्रेलले जानकारी गराएका थिए।विद्यालयको पहुँच भन्दा बाहिर रहेका छात्राहरूले समेत विद्यालय र स्वास्थ्य संस्था मार्फत सेवा पाउने उनको भनाई छ।

एच.पि.भि रोग भन्नाले नेपालमा महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर महिलाहरूको मृत्युको पहिलो कारण रहेको छ।यस्तै नेपालमा महिलाहरूमा हुने विभिन्न क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा पर्दछ ।

नेपालमा प्रत्येक दिन करिब ४ जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।यसै विषयमा बिहिवार माण्डवी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनुपूर्व खोप दिने सम्बन्धी स्वास्थ्यकर्मीहरुको लागि वडास्तरमा १ दिने अभिमुखीकरण गोष्ठी संचालन हुनेछ।

नियमित खोपका लागि कक्षा ६ का छात्राहरु र विद्यालय नजाने १० का किशोरीहरुको लागि विद्यालय केन्द्रित खोप केन्द्रहरुबाट एच.पि.भी खोप दिने बताइएको छ। २०८१ मा छुटेका कक्षा ७ देखि १० मा अध्यनरत छात्राहरु र बिद्यालय नजाने ११ देखि १४ वर्ष का किशोरीहरु हुनेछन् ।

माण्डवी गाउँपालिको अध्यक्ष नमराज अधिकरी(रोशन)को अध्यक्षतामा भएको कार्यक्रममा स्वाथ्य कार्यालय प्यूठानका प्रमुख,संचारकर्मी, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, पालिकाका ५ वटै वडा अध्यक्ष,कार्यपालिका सदस्य, बिषयगत शाखाका  प्रमुख तथा प्रतिनिधिहरु लगायतका सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

यो पनि पढ्नुहोस्