प्युठान।प्युठानमा एकै दिनमा ६० जनाले रक्तदान गरेका छन्।आइतबार प्युठान नगरपालिका कार्यालयको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका हुन् ।
प्युठान नगरपालिकाको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज शाखा प्युठान, रुपन्देही र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा गरिएको “वृहत् रक्तदान कार्यक्रम” आइतबार सम्पन्न भएको छ।
कार्यक्रममा जनप्रतिनिधि,शिक्षक लगायत बिभिन्न संस्थामा आवद्ध भएका ब्यक्तिहरुले रक्तदान गरेको थिए।
साथै नेपाल स्वयंसेवी रक्तदाता समाज शाखा प्युठानका आजिवन सदस्यता लिएका सबै सदस्यहरुलाई सदस्यता प्रमाणपत्र, लोगो अंकित टि –सर्ट, ब्याच र परिचय पत्र समेत बितरण गरिएको थियो।








