प्युठान।नेपाल नेत्रज्योति संघको आयोजनामा माण्डवी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
माण्डवी गाउँपालिका–३ देबिस्थान स्वास्थ्य चौकीमा बुधबार सम्पन्न आँखा शिविर मार्फत २ सय २५ जनाको आँखा परिक्षण गरि ५० जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पतालको आयोजना एवं प्राबिधिक सहयोग, माण्डवी गाउँपालिकाको व्यवस्थापन र Nabp Atlas Alliance Norway को आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
कार्यक्रममा माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहिन बस्न बाध्य भएका बिरामीहरुले आफ्नो घर आँगनमै आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद समेत दिएका थिए।

त्यस्तै वडा नंम्बर ३ का वडाध्यक्ष एवं सोहि स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष धनेन्द्र कार्कीले बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारको लागि आर्थिक अभाव र बिरामीको अस्पतालसम्मको पहुँचमा कमीले गर्दा स्थानीय सरकारले यस प्रकारका बिरामीहरुलाई बिशेष पहल गर्नुपर्ने बताएका थिए।
नेपाल नेत्रज्योति संघ राप्ति आँखा अस्पताल लमहीको डाक्टर/प्रोफेसर प्रदिप बास्तोलाको नेतृत्वमा गएको १५ जना स्वास्थ्यकर्मीहरुको टोलिले आँखा शिविर सञ्चालन गरेको हो।उक्त टोलिले केहि दिन अघी ऐरावती गाउँपालिका प्युठान र रोल्पामा समेत निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न गरेको थियो।
कार्यक्रममा माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत भीमकान्त भण्डारी,स्वास्थ्य शाखा प्रमुख धुर्ब कुमार पोखरेल,उपस्वास्थ्य प्रमुख नारायण जिसी र हेल्थ असिस्टेन्ट जानुका साउद उपस्थिती थिए।