समय : ०६:५८ am | आइतबार , जेठ १८ गते २०८२

माण्डवी गाउँपालिका –३ पूर्णखोप सुनिश्चित वडा घोषणा

स्वर्गद्वारी अपडेट | वैशाख ३० गते २०८२

प्युठान –माण्डवी गाउँपालिका  वडा नं ३ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ।पूर्णखोप सुनिश्चित घोषणाका सबै सूचक पूरा भएपछि मंगलबार एक कार्यक्रमको आयोजना गरेर माण्डवी गाउँपालिका वडा नं ३ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको देबिस्थान स्वास्थ्य चौकीका गिर बहादुर नेपालीले बताए।

वडाभित्र जन्मेदेखि १५ महिनामुनिका ६५ जना बालबालिकालाई नियमित खोप दिएको र १६ देखी ५९ महिना सम्मका २३७ जनालाई पूर्ण खोप लगाई सकेको स्वास्थ्य चौकीका प्रमुख नेपालीले बताए।राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो।

गएको चैत १६ देखी  २६ गतेसम्म वडाका प्रत्येक घरधुरीमा गएर बालबालिकाहरुले खोप पाए/नपाएको एकीन गरिएको थियो।आगामी दिनमा पनि पूर्णखोपलाई निरन्तरता दिने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन्। बालबालिकाहरुलाई विभिन्न १३ प्रकारका रोगबाट बचाउनका लागि खोप दिने गरिएको छ।

वडा अध्यक्ष धनेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी,उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोखरेल, वडा सदस्य, कार्यपालिका सदस्य,स्वास्थ्य चौकी व्यवस्थापन समितिका प्रतिनिधि, पब्लिक हेल्थ नर्स जानकी साउद, महिला  सामुदायिक स्वास्थ्य स्वंयमसेविका, स्वास्थ्य आमा समुह, स्वास्थ्यकर्मी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो।

त्यस्तै कार्यक्रममा समय तालिका अनुसार खोप दिएको अभिभावकहरुलाई र खोपकर्ता गरि १८ जनालाई स्वास्थ्य चौकीको तर्फबाट सरसफाई सामग्रीहरु समेत प्रदान गरिएको स्वास्थ्य चौकीले जानकारी दिएको छ।

माण्डवी गाउँपालिकाको ५ वटै वडाहरु पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा कार्यक्रम सम्पन्न भएको माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोखरेल बताए।               

यो पनि पढ्नुहोस्