समय : ०४:५२ pm | बुधबार , फागुन २८ गते २०८१

प्यूठानमा नसर्ने रोग पहिचान सम्बन्धि कार्यक्रम

राधिका भुषाल | फागुन १२ गते २०८१

प्यूठान।प्यूठानमा नसर्ने रोग पहिचान तथा नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ। “समयमै नसर्ने रोगको जाँच गराऔं, स्वस्थ र दिर्घ जीवन बाँचौ” भन्ने नाराका साथ प्यूठान नगरपालिका बिजुवारको सभाहलमा उक्त कार्यक्रम भएको हो ।

नेपाल सरकारले यहि फागुन महिनाभर नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सञ्चालन गरेको छ।सोही अभियान अन्तरगत प्यूठानका सबै स्थानिय तहहरुमा सचेतना मुलक कार्यक्रम भइरहेको छ । दैनिक बढ्दै गएका नसर्ने रोग न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने कुरा पहिचान गर्न अभिायन सञ्चालन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य निरिक्षक राजु खड्का नसर्ने रोगको कारण र नियन्त्रण सम्बन्धि प्रस्तुतिकरण दिएका थिए । अधिकाशं मानिसहरु नसर्ने रोगका कारण मृत्य हुने गरेको नेपालमा ७१ प्रतिशत मानिसहरु नसर्ने रोगबाट मृत्यु हुने गरेको तथ्य रहेको खड्काले बताए । ‘ नेपालमा एकतिहाइ मानिस नसर्ने रोगबाट मृत्यु हुने गरेको छ ।’ खड्काले भने–‘नसर्ने रोगको समयमै पहिचान गरेर उपचार गर्नेपर्ने हुन्छ ।’ एउटै कारणले धेरै रोगहरु बढाउदै लैजाने हुदा अव्यवस्थित जीवनशैली र खानपानलाई ध्यान दिनु पर्ने उनले बताए ।

नसर्ने रोग सुस्त गतिमा बढ्ने हुदां समयमै नियन्त्रण नगरेमा जीवनभर औषधी सेवन गर्नुपर्ने र अकालै ज्यान गुमानु पर्ने हुन्छ । नसर्ने रोगको मुख्य कारण अव्यवस्थित जीवनशैली, खानपान, वंशाणुगत लगायतले गर्दा दैनिक रुपमा नसर्ने रोगका सिकार बन्दै गएको हो । मुटु तथा रक्तनली, श्वास्प्रश्वास, क्यान्सर, चोटपटक, मधुमेह, मानसिक स्वास्थ्य समस्या, मृगौला खराबीको मुख्य रुपमा देखिएको खड्काले जानकारी दिए । ‘उच्च रक्तचाप ५ जना विरामी मध्ये एकलाई देखिएको तथ्यांक छ । उनले भने–‘९५ प्रतिशत मानिसलाई के कारणले उच्चरक्त चाप भयो भन्ने बारे पहिचान नै भएको छैन ।’ 

नसर्ने रोगको नियन्त्रणका लागि जिवनशैली परिवर्तन गर्नुपर्ने, औषधी सेवन गर्नुपर्ने, बेलुनको प्रयोगले रक्तनली खुलाउनु पर्ने, शल्याक्रिया र नियमित जाँच गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा प्यूठान नगरपालिकाका नि.प्रमुख एवं कार्यक्रमका अध्यक्ष गोविन्द घिमिरेले प्यूठान नगरपालिकामा प्रत्येक वर्ष करिब ६० जना विरामीले नसर्ने रोग उपचारका सिफारिस बनाउन आउने गरेको बताए । ‘नेपालमा नसर्ने रोग अत्याधिक महामारीको रुपमा फैलिदै छ ।’ घिमिरेले भने–‘यदि समयमै हामी सचेत भएर न्युनिकरण गर्न लागेनौ भने राज्यले थेग्न नसक्ने गरी फैलिने छ ।’ अन्यरोगको लक्षण देखिन्छ र औषधी खाएर सन्चो हुन्छ, तर नसर्ने रोग सुक्ष्म गतिमा लाग्ने र ज्यानै लिने गरेको उनको भनाइ छ ।   

स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्