प्यूठान।स्वर्गद्वारी नगरपालिकाको १ कोचिबाङ स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि नि:शुल्क ग्रामीण अल्ट्रासाउण्ड गरिएको छ।
आईतबार स्वर्गद्वारी नगरपालिकाको आयोजनामा कोचिबाङ स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागी ग्रामीण अल्ट्रासाउण्ड गरिएको हो।गर्भवती महिलाहरुको लागी अल्ट्रासाउण्ड आठ हप्ता देखी २४ हप्ता सम्म गर्भ रहेको २० जना गर्भवती महिलाहरुको जाचँ गरिएको सि अनमी तेजी कुमारी केसीले बताईन।जाँच गरिएको गर्भवति मध्ये छ जनाको बच्चा उल्टो रहेको , तिन जनाको छड्के र तिन जनाको साल अगाडि बसेको र बाँकीको सामान्य अवस्थामा रहेको केसीको भनाई छ।
गर्भवती अवस्था महत्वपुर्ण अवस्था भएकाले सुरुदेखी नै सतर्कता अपनाएमा खतराबाट बच्न सकिने स्वर्गद्वारी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत पार्वती कुमारी सुवेदीले बताईन।जाचँ गर्नुपर्ने अवस्थामा नियमित जाचँ गराउन गर्भवती महिलाहरुलाई आग्रह समेत गरेकी छिन्।कोचिबाङ स्वास्थ्य चौकीका प्रमुख भरत खड्काले यस्ता खालका कार्यक्रमले होम डेलीभरीमा सुधार ल्याउने बताउंदै बच्चा जन्माउदा स्वास्थ्य चौकी र अस्पतालमा जन्माउदा आमा र बच्चा सुरक्षित हुने बताएका छन्। सुत्केरी महिलाहरुलाई स्वास्थ्यमा स्वस्थ राख्न आफुले व्यक्तिगत रुपमा क्याल्सियम हस्तान्तरण गरेको समेत स्वास्थ्य चौकी प्रमुख खड्काको भनाई छ ।
वडा अध्यक्ष मेघराज जिसीको अध्यक्षतामा भएको कार्यक्रममा गर्भवती महिलाहरु,स्वास्थ्य चौकीका कर्मचारीहरु लगायतको उपस्थित रहेको थियो ।