समय : ११:३२ am | शुक्रबार , चैत्र १ गते २०८१

म अभियान प्यूठानद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

सन्तोष सुनार | फागुन ४ गते २०८१

प्यूठान।स्वर्गद्वारी नगरपालिका १ कोचीबाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा  सञ्चालन भएको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय ८९ जनाले स्वास्थ्य जाचँ सेवा लिएका छन ।

शनिवार म अभियान प्यूठानको आयोजना,  स्वर्गद्वारी नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा  एक कार्यक्रमका विच सञ्चालन गरीएको नि:शुल्क स्वास्थ्य शिविरमा  ४६ जना पुरुष र १ सय ४३ जना महिला गरी  एक सय ८९ जनाको स्वास्थ्य जाचँ गरिएको सहजिकरणकर्ता मोहन सुवेदीले जानकारी दिए । जसमा १३ जनाको भिडियो एक्सरे ,१ सय पाचँ जनाको  रगत र पिसाब जाचँ गरिएको र  बाकीहरुको उचाई अनुसार तौलको मात्रा जाचँ गरिएको सुवेदीले बताए ।  

म अभियान प्यूठानका अभियान्ता  सुमन सुवेदीले ग्रामिण बस्तीका नागरिकहरु अस्पतालबाट टाढा र आर्थिक अवस्थामा  पनि न्यून भएको कारण आफ्नो  शरिर जाचँ गर्न नसक्ने हुँदा सानो समस्याहरुबाट उनीहरुको ज्यान जान सक्ने  भएकाले हामीले कोचीबाङका बस्तीका नागरीकलाई मध्यनजर गरी नि:शुल्क स्वास्थ्य  शिविर जाचँ सञ्चालन  गरेको बताए।प्यूठानका  विगट क्षेत्रहरुमा  आवश्यकता अनुसार म अभियान सहयोग गर्दे आएको समेत अभियान्ता सुवेदीको भनाई छ।  

कोचीबाङ स्वास्थ्य चौकीका  प्रमुख  भरत खड्काले  वडावासीहरुमा आई नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरी टेवा पु¥याएकामा अभियानका टिमलाई धन्यावाद दिएका थिए।वडावासीहरु नि:शुल्क  रुपमा आफ्नो स्वास्थ्य जाचँ गर्न पाउदा  निकै खुसी हुदै  आभार प्रकट गरेका छन ।  

वडा अध्यक्ष मेघराज जिसीको अध्यक्षतामा भएको कार्यक्रममा  नगर प्रवक्ता सुरज सुनार ,  डा. सन्तोष केसी ,  पौडेश शर्मा , जमुना विष्ट ,  जाथिर आलम ,  फार्मेशी रामचन्द्र पौडेल , नागरीक सरोकार समाज प्यूठानका सदस्य निरज सुवेदी  तथा वडावासीहरुको सहभागीता थियो ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्