प्युठान।जिल्लाको स्वर्गद्वारी नगरपालिकामा १ हजार ७४६ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईदै छ। स्वर्गद्वारी नगरपालिकाको सभाहलमा खोप समन्वय समितिका संयोजक तथा स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीको संयोजकतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ
नगरपालिका भित्रका बिद्यालयमा कक्षा ६ देखी १० कक्षासम्म अध्यन गर्ने १ हजार ७ सय ११ र बिद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर सम्मका ३५ गरी १ हजार ७४६ जना किशोरीलाई एच पि भी खोप दिन लागेको स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिए।
खोप यहि माघ २२ गतेदेखि २७ गतेसम्म नगरपालिकाको १८ बिद्यालय, दुई वटा आधारभुत स्वास्थ्य संस्था , एक भिगृ प्राथामिक स्वास्थय चौकी र छ वटा वडाको स्वास्थ्य चौकी गरी २७ वटा स्वास्थ्य संस्थाको खोप केन्द्र मार्फत खोप दिन लागिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए।
पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउन सरकारले पहिलो चरणमा विद्यायलयमा ६ देखी १० कक्षा सम्म र बाहिरकालाई १० वर्ष देखी १४ वर्ष सम्मकालाई किशोरीहरुलाई खोप लगाउने अभियान गरेको हो। पाठेघरको मुखको क्यान्सर हुन बाट ९० प्रतिशत किशोरीलाई खोप दिने , दोस्रो चरणमा ३० देखि ४९ वर्ष उमेर समूहका ९० प्रतिशत महिलालाई पाठेघरको क्यान्सरको परीक्षण गर्ने र तेस्रो चरणमा परीक्षणबाट पुष्टि भएका उपचारको दायरामा ल्याउने गरी सरकारले देशैभर खोप अभियान सुरु गर्न लागेको हो ।यो खोप विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने किशोरीहरुलाई प्रत्येक वर्ष दिईने छ ।
देशव्यापी रुपमा खोप कार्यक्रम यही माघ २२ गतेदेखि फागुन ६ सम्म सञ्चालन हुनेछ ।