प्युठान।प्युठानमा ‘म’अभियानले नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। शनिबार प्युठान नगरपालिका-५ ढुंगेठाटी स्थित वडा कार्यालयमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो।
नि:शुल्क स्वास्थ्य शिविरमा प्युठान नगरपालिका वडा नम्बर ५ र ६ स्थानीयबासी र सुनिलस्मृति गाउँपालिकाका नागरिक गरि ८० जनाले नि:शुल्क सेवा लिएको छन्।शिविरमा सुगर,पिसाव,रगत र एचआईभी समेत परिक्षण गरिएको साथै नि:शुल्क औषधि वितरण गरिएको अभियन्ता सुमन सुबेदीले जानकारी दिए।
सम्वृद्धिका लागि परिवर्तन,परिवर्तनका लागि सुरुवात,सुरुवातका लागि ‘म’ भन्ने नाराको साथ यो संस्थाले नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको ‘म’अभियानको अभियन्ता सुबेदीले बताए।ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले ‘म’अभियान मार्फत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको अभियन्ता सुबेदीले जानकारी दिए।उनले हरेक नागरिकले नि:शुल्क स्वास्थ्य सेवा पाउन पर्ने सरोकारवालाहरु संग आग्रह समेत गरेका थिए।
गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधी निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको सोहि अभियानमा जोडिएका डाक्टर सन्तोष केसीले बताए।उनले यस अभियान मार्फत अन्य पालिकामा पनि नि:शुल्क स्वाथ्य शिविर सञ्चालन गर्ने योजना बनाएको सुनाए।
नि:शुल्क स्वास्थ शिविर अभियान कार्यक्रमको सहकार्यमा प्युठान नगरपालिका वडा ५ को कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय प्युठान, प्युठान प्लस, नेपाल स्वयंसेवी रक्तदाता समाज,नेपाल र नागरिक सरोकार समाज प्युठान रहेको छ।
‘म’अभियानले केहि समय अघि जिल्ला अस्पताल प्युठानमा ‘के हुदैछ छ ?’ के भईरहेको छ?’ तिन दिने अभियान र प्युठान नगरपालिकाको कार्यालयमा सरोकारवाला र सेवाग्राही संग अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो।
सोही अभियान मार्फत प्युठान नगरपालिका -५ की मनिसा पुनको किड्नीको उपचारको लागि उठेको रकम जनप्रतिनिधि मार्फत हस्तान्तरण समेत गरिएको थियो।