प्युठान।नौबहिनी गाउँपालिकामा दुई दिने बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ।नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले डामृ स्वास्थ्य चौकीमा पुगी स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए।
नौबहिनी गाउँपालिकाको आयोजना र Ipas Nepal KIDS को आर्थिक एवं प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको शिविरबाट एक सय ९० जना सेवाग्राहीहरुको प्रजनन स्वास्थ्य परिक्षण तथा चेकजाँच गरिएको हो। पाठेघरको मुखमा हुने क्यान्सर जाँच एक सय ३८ जनाले गरेका थिए।जसमध्ये ७ जना क्यान्सर संकास्पद र ६ जना बिरामीको पाठेघर समस्या थियो।ति बिरामीलाई भिम अस्पताल भैरहवामा रिफर गरिएको नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा सिनियर अनमी निरीक्षक यशोदा वैद्यले जानकारी दिइन।
स्त्री प्रजनन स्वास्थ्य चेकजाँचका लागि डाक्टर निराजन श्रेस्ठ एम.डि.जि.पी. प्युठान अस्पताल डाक्टर सरस्वति दिक्षित थापा स्त्री रोग बिषेशज्ञ भिम अस्पताल भैरहवा, डाक्टर दिप श्रेस्ठ डंगोल Ipas Nepal कपिलबस्तुबाट, बरिष्ठ अस्पताल नर्सिङ निरिक्षक राघा देबि के. सी., नौबहिनी गाउँपालिका स्वास्थ्य शाखा र नौबहिनी गाउँपालिका वडा नम्बर २ र ५ का स्वास्थ्य चौकिमा कार्यरत स्वास्थ्यकर्मी, स्वस्थ्य स्वयंसेवीका लगायतका टिम सेवामा खटिएका थिए।
नौबहिनी गाउँपालिका वडा नम्बर ५ मा शुक्रबार र वडा नम्बर २ मा शनिबार बृहत प्रजनन स्वास्थ्य शिविर संचालन गरिएको थियो।