समय : ०८:२३ am | शुक्रबार , कार्तिक २ गते २०८१

प्युठान नगरपालिकाको दुर्गम गाउँमा नि:शुल्क स्वास्थ्य सेवा

स्वर्गद्वारी अपडेट | जेठ ३१ गते २०८१

प्यूठान।प्यूठान नगरपालिकाले आफ्ना पालिकाका दुर्गम मानिने बस्तिहरुमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।बुधबार नगरपालिकाको आयोजनामा वडा नं-६ माझकोटमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

बुधबार भएको माझकोटको श्री धर्मावती माध्यमिक विद्यालय लम्छ्याङनेटामा सम्पन्न भएको शिविरमा २ सय ६८ जनाले स्वास्थ्य सेवा लिएका छन्।जसमध्ये  २ सय जना महिला र ६८ जना पुरुषले स्वास्थ्य परिक्षण गराएका हुन् ।शिविरमा ५० जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच,६९ जना महिलाको स्कृनिङ पाठेघरको समस्याको चेकजाँच गर्दा ७ जना पाठेघर खसेका बिरामीको परिक्षण गरी उपचार गरिएको छ।

त्यस्तै २ सय १७ जना बिरामीको सुगर जाँच गर्दा ९ जना सुगर भएका बिरामी पत्ता लागेका छन।१८ जना ब्लड प्रेसर बढी भएका बिरामी,२० जना ग्यास्ट्रीकका बिरामी,२२ जना छाला सम्बन्धि समस्या भएका बिरामी,१२ जना बच्चा,१ सय ८ जना हाडजोर्नीका बिरामीको उपचार गरि औषधि वितरण गरिएको छ।साथै १२ जना गर्भवती महिलाको भिडियो एक्सरे सेवा गरिएको छ।

विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले नगरपालिकाका दुर्गम मानिने बस्तिहरुमा शिविर सञ्चालन गरि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए।

ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले बताए। नगरक्षेत्रमा शिक्षा,स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा नगरपालिका विशेष जोडबलका साथ लागेको समेत नगरप्रमुख योगीको भनाई छ ।कार्यक्रममा बोल्दै नगरउपप्रमुख देवेन्द्र वर्माले शिविरबाट सबै नागरिकहरु लाभान्वित हुन आग्रह गरेका हुन् ।

नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी,उपप्रमुख देवेन्द्र वर्मा,प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी,जिल्ला अस्पताल प्यूठानका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.राजेन्द्र पौडेल लगायत विभिन्न विशेषज्ञ डाक्टरहरुको उपस्थिति रहेको थियो।बिहिबार नगरपालिकाको वडा न. ६ भेडावारि मा नि:शुल्क विशेषज्ञ शिविर संचालन गर्ने तयारि रहेको नगरपालिकाले जानकारी दिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्