समय : ०५:१० am | आइतबार , भाद्र २२ गते २०८१

नौबहिनी गाउँपालिका पुर्ण खोपयुक्त पालिका घोषणा

स्वर्गद्वारी अपडेट | जेठ २४ गते २०८१

प्युठान।प्युठानको नौबहिनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। 'स्थानीय श्रोतको उपयोग, स्वामित्व र  सहभागिता  पूर्ण खोप पालिका,हाम्रो प्रतिबद्धता ' भन्ने नाराका साथ खोप समन्वय समितिले बिहिबार घोषणा गरेको हो। 

गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रमा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि सि को प्रमुख आतिथ्यतामा पालिका खोप समन्वय समिति , स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्व्यमसेविका,जनप्रतिनिधि सरोकारवाला निकायका प्रतिनिधि लगायतको उपस्थितिमा घोषणा गरिएको हो।गाउँपालिका अध्यक्ष थापाले सबै तह र तप्काबाट घोषणा गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले खोप सम्बन्धि वडागत तथ्यांक प्रस्तुत गरेका थिए। पालिकाभित्र खोप लगाउनुपर्ने सबै बालबालिकालाई खोप लागाईएको बताए । पालिकाले सर्वेक्षण गर्दा १ जनाले एउटा पनि खोप नलगाएको र २ जनाले पुरा मात्रा खोप नलगाएको भेटिएको थियो।उनिहरुलाई समेत खोपको दायरामा ल्याईएको स्वास्थ्य शाखा प्रमुख शर्माले जानकारी दिए ।

पालिकाभर १५ महिनासम्मका ७ सय २७ जना बालबालिका र १६ देखी ५९ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पुर्ण खोप पाएका छन् । २३ महिना भित्र दादुरा रुवेला विरुद्धको दोस्रो मात्रा खोप लगाएको हुनुपर्ने र सबै बालबालिकाले नियमित सबै खोप लगाएपछि पुर्ण खोप सुनिश्चितता पालिका घोषणा हुने बताए।कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे, कोल्ड चेन अधिकृत कौशल वैद्य, उपाध्यक्ष बिस्ना थापा, प्रमुख प्रशासकीय अधिकृत शिव पौडेलले मन्तव्य राखेका थिए ।कार्यक्रममा सबै वडा कार्यालय, स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ।कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख शर्मा र सञ्चालन यशोदा वैद्यले गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्