समय : ०९:३४ am | शनिबार , श्रावण १२ गते २०८१

झिमरुक गाउँपालिकाकी बसन्तालाई उपचार खर्च अभाव

राधिका भुषाल | माघ १५ गते २०८०

प्यूठान । बाथ रोग कुनै एक प्रकारको मात्र नभइ थुप्रै रोगहरुको संकलन हो । कतिपय विरामीहरु समयमै औषधी उपचार गर्न नपाउदा बाथरोगको कारण अपाङ्ग समेत हुने गरेका छन् ।

थुर्पै प्रकारका बाथ रोग मध्ये ग्रासडेफर्मेटिक गठियाँ बाथ रोगबाट पीडित झिमरुक गाउँपालिका ७ तुषारा निवासी ७३ वर्षिय बसन्ता गिरीले आर्थिक अभावका कारण दैनिक सेवन गर्ने औषधी समेत खान नसकन्ने अवस्थामा पुगेको बताउछिन् । ‘खेती उब्जने जग्गा जमिन र बस्नको लागि आफ्नै घर पनि छैन, हामी बुढाबुढी र २ जना नाती भाडाको घरमा बस्दै आएका छौं’– पीडित बसन्ताले भनिन–‘रासन खाने देखि औषधी उपचारसम्म यही भत्ताको भरमा हो ।’ आफ्नो श्रीमान शोभाराम गिरी ८१ वर्ष पुगेको बताउदै बाँकी दिनहरु झन कस्टकर बन्दै गएको उनी बताउछिन् । आफु यस्तो अपाङ्ग हुंदा समेत गाउँपालिकाबाट सामाजिक सुरक्षा (बृद्ध) भत्ता बाहेक अन्य केही सुविधा नपाएको उनले सुनाइन । थप्दै उनले भनिन्– ‘छोराले काठमाण्डौमा फुटपाथको व्यापार गर्छ, बुहारीले पनि छोडेर गएको ५ वर्ष भैसक्यो दुइ जना नाति हामीसंगै छन् यिनीहरुको पढाइ लेखाइ गर्न पनि खर्चै छ ।’ अब त बिहान साझं हातमुख जोर्न समेत धौ भएको उनले बताउछिन् । आर्थिक अभावका कारण नियमित रुपमा औषधी खान नपाएरै बाथ रोग झन बल्झिएको उनको भनाइ छ ।

बाथ रोगको समयमै उपचार नहुंदा हात, खुट्ट तथा जोर्निहरुको नसा खुम्चिएर डल्लो परेको उनले बताइन । सुरु सुरुमा काठमाण्डौ, बुटवल लगायतका ठाउँमा उपचार गर्न गएपनि कुनै किसिमको सुधार नभएपछि प्यूठानका डा. लेखराज सुवेदीको सल्लाह अनुसार औषधी गर्दै आएको उनले बताइन । आफ्नो अवस्था देखेर डा. सुवेदीले धेरै पटक निशुल्क औषधी दिएर पठाउने गरेकामा उनले खुसी व्यक्त गरेन ।

डा. सुवेदीले दिए निशुल्क औषधी

थुर्पै प्रकारका बाथ रोग मध्ये ग्रासडेफर्मेटिक गठियाँ बाथ रोगले बसन्तालाई दुख्ख दिएको  डा. लेखराज सुवेदीले बताउछन् । करिब ८ वर्ष देखि निरन्तर रुपमा उपचार गर्दै आएका डा.सुवेदीले यस पटक पनि निशुल्क औषधी, सिरिन्ज (सुइ) र भिटामीन दिएका छन् । ‘मैले लामो समय देखि यहाँलाई हेर्दै आएको छु– डा. सुवेदीले भने–‘पहिलेकै अवस्थामा पु¥याउन त सकिदैन तर, औषधीले थप विग्रिन दिदैन नियमित औषधी सेवन गरेमा यहाँको स्वास्थ्यवस्था यथावत राख्न सकिन्छ ।’ बाथ रोग लागेको सुरुवातीमै यस्तो लक्षण नदेखिने र विस्तारै ४–५ वर्ष पछि नसा सुन्निएर अपांग समेत हुने गरेको उनले बताए । यस्ता धेरै विरामीहरुलाई आफुले सहयोग गर्दै आएको बताउदैं बसन्तालाई पनि करिब १८ सय बराबरको औषधी निशुल्क उपलब्ध गराएको सुवेदीले बताए ।

डा. सुवेदीले दैनिक ४०–५० जना विरामीलाई उपचार गर्दै आएका छन् । विभिन्न समस्या लिएर आउने तर, आर्थिक अभावका कारण उपचार खर्च नभएका थुप्रै विरामीलाई निशुल्क औषधी उपलब्ध समेत गराउछन् । कोही पनि व्यक्ति औषधी खान नपाएर मर्न नपरोस् भन्ने हेतुले निशुल्क औषधी दिइ धर्म कमाएको डा. सुवेदीको भनाइ छ ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page