समय : ०१:१९ am | शुक्रबार , मंसिर ६ गते २०८१

 निर्मलालाई न्याय दिन (तीज गीत)

स्वर्गद्वारी अपडेट | भाद्र १ गते २०७९
 निर्मलालाई न्याय दिन (तीज गीत) लेखकः मनिराम खनाल घोराही १७ चौघेरा दाङ मन्दिरमा पुजा गर्न ढुङ्गा बाकी रहेनन निर्मलालाइ न्याय दिन अझै सकेनन । निरहार पुजा गर्ने भक्तलाइ भन्दिने कस्तो रैछ शिव पनि न्याय नदिने ।। साउनको महिना थियोे चार बर्ष आगाडी कस्ले मार्यो निर्मला लाई भन नढाटी । किन बचाइ राखेका छौ हत्यारा बलत्कारिलाइ बचाउछ सरकारले भ्रष्टाचारिलाइ ।। बलात्कार भइ मर्नु पर्यो तेह्र बर्से उमेर प्रमाण सबै नस्ट पार्यो पुलिस गएर । सरकार कै पहुँच वाला रैछ क्यारे हत्यारो त्यसैले त प्रसासनको भयो प्यारो ।। न्याय माग्दै आन्दोलन कति भए बाटोमा सरकारले गोलि दियो न्यायको साटोमा । सरकार थियोे एमालेको रास्ट्रपति महिला निर्मलालाई दिनु पर्थ्यो न्याय पहिला ।। तीस बर्ष हुनै लागे मदन भण्डारी बितेका न्याय दिन्छौ भनेर हो दुई तिहाई जितेका । गरिब दुखी नहेरेसी ठुला पार्टी के गर्नु माफीयाको मनपरि छ गर्छ जे गर्नु ।। कति पुजा गरिम हाम्ले मन्दिरको देउतालाइ न्याय दिन सकेनौ नि एउटि नारिलाइ । सगरमाथा सिखरमा अब हामी चढौला निर्मलालाई न्याय दिन अघि बढौला ।।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्