समय : ०६:१८ pm | बिहिबार , असाेज ३० गते २०८२

आज विजया दशमी,बिहान ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत

स्वर्गद्वारी अपडेट | असाेज १६ गते २०८२

प्युठान– विजया दशमी अर्थात् दुर्गापक्षको आज मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाई आशीर्वाद लिइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११ः५३ बजे रहेको जनाएकाे छ। टीका लगाइमाग्ने पूर्व फर्केर लगाउनुपर्ने छ ।

समितिका अनुसार आज देवी बिसर्जन गर्ने शुभसाइत बिहान ९ः२३ बजे रहेको छ । आज बिहीबार विजया दशमीको दिन बिहानै देवी बिसर्जन गरी मान्यजनहरूबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ ।

आजै अपराह्न १२:१९ बजे श्री तुलाजात्रा यात्रा सुरु हुने जानकारीसमेत समितिले दिएको छ । साथै, अपराह्न १ः४९ बजे स्थिरासन दिवस मनाइने र खड्ग जात्रासमेत सञ्चालन हुने उल्लेख गरिएको छ ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

यो पनि पढ्नुहोस्