समय : ११:५१ pm | आइतबार , मंसिर २१ गते २०८२

चकचकेमा तिज मिलन कार्यक्रम

कार्यक्रमका महिला दिदि बहिनीहरुले पुराना मौलिकता झल्किने खालमा तिज गीत गाएर सबैलाई नचाएका थिए।

स्वर्गद्वारी अपडेट | भाद्र ४ गते २०८२

प्यूठान।माण्डवी गाउँपालिका ५ चकचकेमा तिज मिलन कार्यक्रम भएको छ।होटल व्यवसायी संघ माण्डवी बजार इलाकाको आयोजनामा तिज मिलन तथा दरखाने कार्यक्रम बुधवार सम्पन्न भएको हो।

कार्यक्रमका महिला दिदि बहिनीहरुले पुराना मौलिकता झल्किने खालमा तिज गीत गाएर सबैलाई नचाएका थिए।पछिल्लो समय साउण्ड सिस्टममा गीत बजाएर नाँच्ने संस्कृति बढ्दै गएतापनि माण्डवीका महिलाहरुले भने मादल बजाएरै गीत गाउदै नाँचेका थिए।  

उक्त कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारी, उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, होटल व्यवसायी संघ प्यूठानका अध्यक्ष लिलाधर न्यौपाने लगायतको उपस्थिती रहेको थियो। 

हरितालिका तिज पर्वको शुभकामना दिंदै होटल व्यवसयी संघले जिल्ला स्तरीय कार्यक्रम गरी विभिन्न इलाकामा तीज मिलन कार्यक्रम गर्दै आएको संघका अध्यक्ष न्यौपानेले बताए।सोही कार्यक्रममा जस्पुर प्रहरी बिटका सुरक्षाकर्मीले सन्देशमुलक सचेतना कार्यक्रम गरेका थिए।चार्डपर्वको चोरी डकैती बढि हुने भएकाले आफ्नो घरको राम्रो सुरक्षा गरेर मात्र बाहिर जानुपर्ने बताए।

होटल व्यवसायी संघ माण्डवी बजार इलाकाका अध्यक्ष नुमाखर डुम्रेको अध्यक्षतामा भएका कार्यक्रमको सञ्चालन संघका महासचिव खेम बहादुर बस्नेतले गरेका थिए।   

यो पनि पढ्नुहोस्