प्यूठानको गौमुखी गाउँपालिका–१, अर्खा पिपलडाँडामा लुम्बिनी प्रदेशकै सबैभन्दा अग्लो शिव मूर्ति स्थापना गरिएको छ।३६ फिट अग्लो र १२ मिटर चौडाइको यो मूर्ति करिब २ टन तौलको ढुंगाबाट निर्माण गरिएको हो।
शिव मूर्तिको उद्घाटन लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले गरेको हो।श्री तामेश्वर महादेव शिवालय पर्यटन विकास समितिको पहलमा निर्मित मूर्तिको लागत ३८ लाख ५० हजार रुपियाँ रहेको समितिका अध्यक्ष तेजु गिरीले जानकारी दिए। गिरीका अनुसार धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण गौमुखी क्षेत्रमा यो मूर्ति स्थापनाले प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। “गौमुखी क्षेत्र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छ,” गिरीले भने, ‘शिवको ३६ फिट अग्लो मूर्ति स्थापनाले धार्मिक पर्यटक बढाउने अपेक्षामा छौं।’

समितिका कोषाध्यक्ष बेले गिरीले मूर्ति कास्की, पोखराबाट ल्याएर अर्खामा स्थापना गरिएको जानकारी दिए। कार्यक्रममा मूर्ति निर्माणमा एक लाख रुपियाँभन्दा बढी सहयोग गर्ने दाताहरूलाई पञ्चेबाजासहित सम्मान गरिएको थियो।