समय : ०५:०९ am | आइतबार , भाद्र २२ गते २०८१

प्युठान सँगसँगै रम्दै घुमौला वृतचित्रले अवार्ड जित्यो

स्वर्गद्वारी अपडेट | श्रावण ८ गते २०८१

काठमाडौँ।‘प्युठान जिल्लैभरि सँगसँगै रम्दै घुमौलाले’ पर्यटन  विकास तर्फ  नेशनल अवार्ड २०८१ अवार्ड प्राप्त गरेको छ।   

प्युठान जिल्लाका विभिन्न स्थानमा रहेका पुरातात्त्विक तथा ऐतिहासिक धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको सांगीतिक वृतचित्र ‘जिल्लैभरि सँगसँगै रम्दै घुमौला’ आमा तिलकुमारी मिडियाद्वारा आयोजित श्रीआमा नेशनल अवार्ड २०८१ जितेको हो।  

शनिबार चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा मिडियाकी अध्यक्ष समुन्द्र सुवेदी भण्डारीको सभापतित्व तथा पूर्व सभामुख अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको थियो।

प्युठानको प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी, गौमुखी, नौबहिनी झरना, मन्दिर एवं कोठिभिर, झिमरुक नदी, ऐरावती, बाङ्गेसाल, दर्भान लगायत प्यूठानका प्रमुख सम्पदाहरू समावेश गरिएको वृत्तचित्रमा जिल्लाका विभिन्न स्थानहरुको समेटिएको छ ।

तीन वर्ष लगाएर तयार पारेको वृत्तचित्र परिकल्पनाकार, लेखक एवं निर्देशन डा. राजन विनाएक पासा हुन् । शिक्षा र ग्रामीण विकासमा विद्यावारिधि गरेका उनले करिब साढे तीन वर्ष लगाएर उक्त वृतचित्र तयार पारेको पासाले बताए। त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा. राजन पासा प्युठानको बाङ्गेसालमा जन्मिएका हुन् ।

 ‘जिल्लैभरि सँगसँगै रम्दै घुमौला’ नाराका साथ तयार पारिएको साङ्गितिक वृत्तचित्रमा राजन पासा र नीना बुढामगरले अभिनय गरेका छन् भने जिल्लाभित्रका अन्य कलाकार र स्थानीयबासीहरुको समेत झलक उक्त वृत्तचित्रमा देख्न सकिन्छ।उक्त वृतचित्र राजन पासाकै युट्युब च्यानल मार्फत् हेर्न सकिनेछ।गीतमा स्वर राजन पासा र तृप्ती खड्का गुरुङले गरेका छन्।सो कार्यक्रममा दुई दर्जन बढी कलाकारहरु सम्मानित भएका थिए।गरि कार्यक्रम दुर्गाराज पाण्डेले सञ्चालन गरेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्