समय : ०५:२७ am | आइतबार , भाद्र २२ गते २०८१

गायिका अस्मिता अधिकारी र महेशले गरे इन्गेजमेन्ट

स्वर्गद्वारी अपडेट | असार ५ गते २०८१

काठमाडौं । प्रेम सम्बन्धमा रहेका गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।अस्मिता र महेशले दुबई पुगेका बेला बिहे गर्ने निर्णसहित इन्गेजमेन्ट गरेका छन् ।

दुबईमा हुन लागेको सांगीतिक कार्यक्रममा गीत गाउन पुगेका उनीहरूले त्यहीँ इन्गेजमेन्ट गरेर तस्बिहरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।उनीहरूले एकसाथ सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै आफूहरू अब एक भएको जनाएका छन् ।

विश्वकै अग्लो भवन बुर्ज खलिफाअगाडि बसेर उनीहरूले एकअर्कालाई इन्गेजमेन्टको औंठी लगाइदिए ।अब उनीहरूले दुबइईमा इन्गेजमेन्ट गर्दै प्रेममा रहेको पनि स्वीकारेका छन् । अर्कातिर एकसाथ जीवन अघि बढाउने जनाउँदै विवाहको निर्णय पनि लिएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्