समय : ०५:२९ am | आइतबार , भाद्र २२ गते २०८१

माण्डवी महोत्सवमा धुर्मुस-सुन्तलीको राजनीतिक बिकृति बिरुद्धको व्यंग्य

स्वर्गद्वारी अपडेट | वैशाख १ गते २०८१

प्युठान।माण्डवी महोत्सवमा चर्चित कलाकार  सिताराम कट्टेल 'धुर्मुस' र कुन्जना घिमिरे 'सुन्तली'ले शनिबार अरङखोलाको बगरमा मनोरञ्जनात्मक प्रस्तुति दिएका छन्। सुन्तली क्यारिकेचरमार्फत पछिल्लो समयको हिट गीत ‘अरेली काँडाले च्वास्सै’मा नृत्य प्रस्तुति गर्दै प्रहसन सुरुवात गरेकी थिईन।दुबैजना धुर्मुस र सुन्तलीको क्यारेक्टर पोशाकमा प्रस्तुत भएका थिए।

धुर्मुस–सुन्तलीले दर्शकहरुलाई पेट मिची मिची हँसाएका छन्।उनीहरुले समसामयिक सामाजिक विकृति तथा राजनीतिक विकृतिका विरुद्ध व्यंग्य गरेका थिए ।देश बिग्रँदै गएको, युवा विदेश जानुपर्ने बाध्यता सिर्जना भएको तथा देशलाई नेतृत्व गर्न नयाँ मान्छे आवश्यक रहेको भाव झल्किने बिषयबस्तु प्रस्तुत गरेका थिए। मौलिक गाउँले शैलीको उनीहरुको प्रस्तुति हेर्नका लागि  बिशेष गरि बृद्धबृद्धाहरु युवायुवतीहरु सयौंको संख्यामा महोत्सव स्थलमा झुम्मिएका थिए ।

'कृषि पर्यटन साँस्कृतिक र ब्यापार समुन्नत प्युठान माण्डवी आर्थिक विकासको मूल आधार' नारा सहितको प्रथम प्युठान माण्डवी कृषि पर्यटन ब्यापार तथा साँस्कृतिक महोत्सव संचालन गरिएको हो।चैत्र २९ देखि सुरु भएको वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्