समय : ०८:३६ am | शुक्रबार , कार्तिक २ गते २०८१

माण्डवीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू हुने  

स्वर्गद्वारी अपडेट | पौष १९ गते २०८०

प्युठान। माण्डवी गाउँपालिकाको आयोजनामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ।माण्डवी गाउँपालिका वडा -३ मा रहेको मार्सिवाङ खेलमैदानमा २४ देखि प्रतियोगिता सुरु हुने भएको पालिकाले जनाएको छ।

प्रतियोगिताको उद्घाटन गर्न लुम्बिनी प्रदेशका उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राणा)ले गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले बताए।

गाउँपालिकाको आ.व २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताहरूलाई पालिकाले नगद पुरस्कार तथा ट्रफी,प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ।प्रतियोगितामा पालिकाभित्रका १२ विद्यालयका करिब २५० सय विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्