समय : ०५:३९ am | आइतबार , भाद्र २२ गते २०८१

आज बडा दशैंको सातौं दिन फुलपाती बिशेष पुजाआजा गरि मनाईदै

स्वर्गद्वारी अपडेट | कार्तिक ४ गते २०८०

प्युठान। आज फुलपाती, बडादशैंको सातौं दिन। सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो। घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ। 

कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ। दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ।

त्यसैगरी आज देशभरिका प्रमुख शक्ति पिठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डाहरुमा बढाईंका साथ फुलपाती भित्र्याउने चलन रहेको छ। फुलपाती भित्र्याउने साईत अनुसार टुडिखेलमा नेपाली सेनाले फुलपातीको बढाईं जात्रा प्रस्तुत गर्ने गर्दछन्। 

फूलपातीसंगै दसैं पूर्णरुपमा सुरु हुन्छ।दशैं मान्न घर फर्किनेहरूको भिडले यातायात साधन भरिभराउ हुन जान्छन्।बजारहरुमा विशेष चहलपहल सुरु हुने र नयाँनयाँ अनुहारका मानिसको आवतजावतले रमाईलो अनुभूति गराउँदछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्