कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी देबीराम पाठकले निर्वाचनको घोषणा भएदेखि हालसम्मको विवरण कार्यपत्रको रुपमा प्रस्तुत गरेका थिए । कार्यपत्रमा उनले चुनावको तयारीको अवस्था, मतदाता शिक्षा अभियान, मतपत्र प्राप्त र सम्बन्धित मतदानस्थलमा ढुवानीको तयारी, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले गरेको हालसम्मका अन्य चुनावी तयारी तथा प्रचार प्रसारबारे जानकारी गराए।पाठकले जिल्लाका बिभिन्न स्थानीयतहमा ५ वटा नमूना मतदान सम्पन्न गरेको, अन्य ठाउँमा गर्ने क्रम रहेको, निर्वाचनमा खटाउनका लागि मतदान अधिकृत, सहायक अधिकृत र कर्मचारी छनौट प्रकृयामा र तालिम दिने तयारी भईरहेको जानकारी पनि दिए। उनले जिल्लाभरीको मतदाता संख्या, प्रनिनिधिसभा तथा २ प्रदेशसभातर्फ मतदाताको संख्या, चुनावमा भाग लिएका दल र उम्मेदवार संख्यालगायत विवरण पनि कार्यपत्रमा प्रस्तुत गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष संजय रिजालले कार्यपत्र प्रस्तुत गर्दै पत्रकारहरुलाई पत्रकार आचारसंहितामा बाँधेर चुनाव सफल बनाउन प्रयास गरिने बताए। मुख्य निर्वाचन अधिकृत देव प्रसाद योगी र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले चुनाव शान्तिपूर्ण, भयरहित र निश्पक्षरुपमा सम्पन्न गर्न सबैको उत्तिकै भूमिका रहेकाले त्यसका लागि पत्रकारहरुलाई सहयोगको आग्रह गर्नु भएको थियो ।पत्रकार महासंघका पूर्व अध्यक्ष ,पत्रकार महासंघ केन्द्रीय सदस्य लगायत जिल्लामा क्रियासिल २ दर्जन भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख सुवास खड्का राष्ट्रिय अनुसन्धान प्रमुख ,लगायतको उपस्थिति थियो।
निर्वाचनमा लागी संचारमाध्यमहरुको भूमिका अभिमुखिकरण
लव कुमार अधिकारी , प्युठान आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई लक्षित गरी प्युठानमा आईतबार पत्रकार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
जिल्लामा क्रियासिल पत्रकारहरुका लागि निर्वाचन कार्यालय प्यूठानले होटल आयुस्मामा “ निर्वाचनमा संचारमाध्यमहरुको भूमिका विषयक आधा दिवसीय अभिमुखिकरण कार्यक्रम ” आयोजना गरेको हो।