समय : १२:३४ am | मङ्गलबार , भाद्र ३१ गते २०८१

गुल्मीको एक बिद्यालयका ३५ जना बिद्यार्थी एक्कासी बिरामी

स्वर्गद्वारी अपडेट | असार ३ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । गुल्मीमा एक विद्यालयका एकैपटक ३५ जना विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ । जिल्लाको मदाने गाउँपालिकामा रहेको अग्लुङ्ग माध्यमिक विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीमा एकैपटक स्वास्थ्य समस्या देखिएको उक्त वडाका वडाध्यक्ष सुशील चन्दले जानकारी दिए । उक्त विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत ३५ विद्यार्थीमा चिच्याउने, बेहोस हुने, उफ्रने र काम्ने लगायतका समस्या देखिएका छन् । उनीहरु २ महिना अघि पनि यस्तै लक्षणसहित बिरामी परेका थिए । अहिले भने लामो समयसम्म यी लक्षणसहित विद्यार्थीमा समस्या देखिएको विद्यालयले जनाएको छ । बिरामी हुनेमा छात्र र छात्रा दुवै छन् । बिरामी हुनुको कारण अझै खुल्न सकेको छैन । उक्त विद्यालयमा ५ वर्षअघि पनि करिब ४० जना विद्यार्थीमा एकैपटक लामो समयसम्म यस्तै स्वास्थ्य समस्या देखिएको थियोे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्