प्युठान।माण्डवी गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LGPAS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा स्थानीय तहको कार्यसम्पादन सुधार, सेवा प्रवाहको गुणस्तर वृद्धि तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले (LGPAS) को अवधारणा, सूचक तथा मूल्याङ्कन प्रक्रियाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई कार्यसम्पादन मापनका आधारहरू, मूल्याङ्कनका मापदण्ड तथा सुधारका उपायहरूबारे प्रशिक्षक दिइएको थियो।

गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई यस्ता कार्यक्रमले संस्थागत क्षमता अभिवृद्धि गर्न र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने कार्यक्रमका प्रशिक्षक देवीराम पाठकले बताए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोखरेलले गरेका थिए।








