समय : ०१:२१ pm | मङ्गलबार , पौष ८ गते २०८२

सुनको मूल्य बढ्यो

स्वर्गद्वारी अपडेट | पौष ८ गते २०८२

काठमाडौं– नेपाल बजारमा सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मुल्य तोलामा ५ हजार दुई सय रुपैयाँले बढेको जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार सुनको मूल्य तोलामा१ लाख ४२ हजार ७ सय रुपैयाँ कायम थियो।

यस्तै, आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य ८५ रुपैयाँले बढेर ३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।

यो पनि पढ्नुहोस्