समय : ०५:२७ am | आइतबार , भाद्र २२ गते २०८१

जागिर छोडेर कृषि पेशामा बस्नेत

राधिका भुषाल | असार २६ गते २०८१

प्यूठान । सबैको चाहाना पढाइ पछिको जागिर हो । तर, पछिल्लो समय कतिपय व्यक्तिहरु जागिर भन्दा आफ्नै व्यवसायमा रमाउन थालेको पाइन्छ । प्यूठान नगरपालिका १ खैरा निवासी भोज बहादुर बस्नेत एक उदाहरणीय पात्र हुन । झिमरुक जलविद्युत आयोजनाको अधिकृत तहको जागिर छोडेर बस्नेत आफ्नै कृषि फर्ममा दैनिक खटिने गर्दछन् ।

झिमरुक नदि छेउको जग्गा भाडा लिएर झिमरुक मत्स्य पालन तथा एकीकृत कृषि फर्म सञ्चालन गरेर राम्रो आम्दानी गर्न सफल भएको बस्नेतले बताउछन् । जागिरबाट राम्रै तलव आएपनि जागरि भन्दा आफ्नै व्यवसाय नै उत्तम रहेको उनले बताए । ‘सुरुमा सामुहिक रुपमा फर्म सञ्चालन गर्दा व्यवस्थाकीय पक्ष कमजोर भएर घाँटामा समेत गएको थियो।’ बस्नेतले भने– “त्यसपछि मैले एकल लगानीमा व्यवसायीक कृषि कर्म गर्ने सोच बनाए अनि काम सुरु गरे।’  हाल ५६ रोपनी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएको उनले बताए । विशेषगरी माछा पालनलाई प्राथमिकतामा राखेका हुंदा ४२ रोपनी जमिनमा माछा पोखरी बनाएको उनले सुनाउछन् ।

एक बढि करोड लगानीमा

२०७० सालदेखि सुरु गरेको सामुहिक व्यवसाय असफल बनेसंगै बस्नेतले एकल लगानीमा फर्म सञ्चालन गर्ने निर्णय गरेपछि हालसम्मको लगानी एक करोड पुगेको छ । कृषि कर्मलाई सम्मान गर्ने उनले २०७६ सालदेखि एकल रुपमा व्यवसाय सुरु गरेपछि आम्दानी आउन थालेको बताउछन् । बस्नेतले ७ प्रजातिका माछा पाल्दै आएको बताउछन् । त्यसमध्ये लोकल जातको माछा बढि मात्रमा विक्री हुने गरेको बताए । १२ वटा ठुला पोखरी रहेको उनको फर्ममा २ वटा पोखरी नर्सरीको रुपमा प्रयोग गरी  भुराहरु हुर्काउदै आएको बताए । फर्म सञ्चालन खर्च वार्षिक २० लाख आउने उनको भनाई छ । पोखरीको क्षमता अनुसार वार्षिक करिब ८० क्विन्टल माछा उत्पादन हुनु पर्नेमा हाल करिब ६० क्विन्टलसम्म उत्पादन गर्न सफल भएको उनले बताए । पोखरीको क्षमता अनुसार माछा उत्पादन गर्न सकेमा करिब ४० लाख आम्दानी गर्न सकिने बस्नेतको भनाइ छ । प्यूठानमा दैनिक २ सय के.जी. माछा बाहिरबाट भित्रिने हुंदा यहाँ माछा विक्री गर्न कुनै समस्या नरहेको उनको अनुभव छ । झिमरुक नदिको चिसो पानीमा हुर्कीएका माछाको स्वाद नै फरक हुने भएकाले अधिकांश ग्राहकहरु फर्म आएर माछा लैजाने गरेको उनले बताए । तयार भएपछि एक दुइ महिनासम्म पनि माछालाई राख्न सकिने हुंदा बजार नपाउने समस्या समेत नरहेको उनको भनाइ छ । प्राकृतिक विपत्ती बाहेक सामान्य प्राविधिक ज्ञान हुदाँ आफुलाई खासै समस्या नआएको अनुभव सुनाउछन् ।

दुग्ध उत्पादन पनि संगसंगै

भोज बहादुरले एकीकृत कृषि प्रणालीलाई व्यवहारमा लागु गरी माछा पालनसंगै गाई, भौसी, लोकल कुखुरा, हाँस, बुंगुर पालन लगायतलाई उत्पादनमा जाड्दै आम्दानीको स्रोत बढाउदैं आएका छन् । ३ वटा गाई ३ वटा भैसी र एउटा रागो समेत पाल्दै आएको उनले बताए । ‘सिजनमा दैनिक ३५ लिटर दुध उत्पादन गर्ने गरेको छु ।’कृषक बस्नेतले भने–‘दुग्ध सहकारी स्थापना गरि सबैले त्यहाँ संकलन गर्छौ र बजार पठाउने गरेका छौं।’ प्यूठान नगरपालिकाले उत्पादनमा आधारित अनुदानबाट  प्रतिलिटर १० रुपैयाको दरले अनुदान दिंदै आएको हुंदा कृषकलाई थप हौसला मिलेको उनले बताए । ‘प्यूठानमा दुध उत्पादनको समस्या हो बजारको समस्या छैन ।’ जग्गाभाडा अहिले महंगो भएको कारण राज्य दर रेट तोकिदिएमा किसानलाई सहज हुने उनको भनाइ छ । करिब ४ विघा जग्गा रहेको र एक विघा को वार्षिक १ लाख भाडा तिर्नु परेको उनको गुनासो छ । 

चार जनालाई रोजगारी

ठुलो फर्म सञ्चालन गर्दा सबै आफैले गर्न नसकिने बताउदैं कृषि क्षेत्रमा काम गर्ने कर्मचारीको समस्या रहेको बताए । बस्नेतको फर्ममा ४ जनाले दैनिक कामदारको रुपमा काम गर्दै आएका छन् । आफुहरु श्रीमान श्रीमति पनि दैनिक फर्मको काममा खटिने गर्दछन् ।  बस्नेतले फर्म सुरु गरेदेखी काम गर्दै आएका एक कर्मचारी हुन हरि बस्नेत । साझेदारी व्यवसाय सुरु गर्दा तलब समयमा नपाएपछि काम छोडेर भारत तिर लागेको बताउदैं भोज बहादुरले एकल रुपमा व्यवसाय सम्हालेसंगै आफु पुन फर्केर आइ फर्ममै काम सुरु गरेको बताए । ‘गाई भौसी दुहुने, घासँपात गर्ने, दानापानी गर्ने सबै काम गर्छुं।’ उनले भने–‘काम गरे अनुसार दाम पनि समयमै दिने गर्ने गर्नुहुन्छ यहाँ काम गरेकै भरमा सबै घरखर्च धान्ने गरेको छु।’ थप्दै उनले–‘साझेदारीमा व्यवसाय गर्दा घाटा गएको थियो र म पनि छोडेर हिडेको थिए अहिले हामी काम गर्नेलाई पनि राम्रो छ साहु लाई पनि राम्रै कमाइ भएको छ।’[ सबैले आफ्ना क्षेत्र विभाजन गरी काम गर्ने गरेको उनी बताउछन् ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्