समय : ०५:२७ am | आइतबार , भाद्र २२ गते २०८१

प्यूठानको ड्रागन दिल्लीसम्म निर्यात  

राधिका भुषाल | असार २२ गते २०८१

प्यूठान।हरियाली झिमरुक फाँटको बिचमा ठडियाका खम्बाहरुले प्राय सबैको ध्यान केन्द्रित गर्ने गर्दछ।विजुवार–बाग्दुला सडकखण्ड हुंदै हिड्ने जो कोहीको पनि झट्ट नजर जाने ठाउँ बनेको छ गाँजुरी।इशान एग्रो फर्ममा उत्पादित ड्रागन फ्रुटले मन लगाएर मेहनत गरेपछि सफलता हात पार्न सकिन्छ भन्ने सन्देश समेत दिएको छ।  

प्यूठान नगरपालिका–७ गाजुरीमा सञ्चालित इशान एग्रो फर्म ड्रागन उत्पादनमा जिल्लाको ठुलो फर्मको रुपमा स्थापित भएको छ।दुइजना युवाले साझेदारीमा ८० लाख लगानीबाट ड्रागन खेती सुरु गरेका थिए।प्यूठान नगरपालिका ४ निवासी नविन कुमार श्रेष्ठ र लोक बहादुर गुरुङले २०७७ सालमा फर्म सञ्चालन गर्ने योजना बनाई लगानी सुरु गरेका थिए।‘हामीले काठमाण्डौंमा लेयर्स कुखुरा फर्म सञ्चालन गरेका थियौं।’ सञ्चालक नविन कुमार श्रेष्ठले भने–‘तीन वर्षमै जग्गा भाडाको समयावधी सकियो र जग्गा दाताले थप्न मानेनन्।त्यस लगत्तै हामी आफ्नै गृह जिल्ला प्यूठान आएर व्यवसायीक ड्रागन खेती गर्ने योजना बनायौं।’ १५ रोपनी आफ्नै जमिन र १० रोपनी जग्गा बन्धगी लिएर एग्रो फर्म सञ्चालनका लागि भौतिक संरचनाहरु तयार गरेको श्रेष्ठले बताए।१५ रोपनी जमिनमा ड्रागन खेती मात्र गरेको सुनाउदै साच्चिकै मन लगाएर दृढताका साथ काम गर्ने हो भने कृषि कर्मले शरिर र मनलाई समेत आनन्दित बनाउने उनी बताउछन्।

९० क्विन्टल ड्रागन बिक्री गर्दै 

यस सिजनको ड्रागन फल तयार भएसंगै इशान एग्रो फर्मले ९० क्विन्टल ड्रागन बिक्री गर्ने लक्ष्य लिएको छ। ‘पहिलो चरणको करिब ६ क्वीन्टल ड्रागन बजारमा गइसक्यो।’सञ्चालक श्रेष्ठले भने–‘ मौसमको कारण अहिले उत्पादन अलि घट्ने भएकोले ९० क्वीन्टल जति बजार लैजान्छौ होला ।’ उनका अनुसार थोक प्रति केजी चार सय रुपैयाँ र खुद्रा चार सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ।विरुवा लगाएको डेढ वर्षपछि उत्पादन दिन थालेको ड्रागन फलबाट यस वर्ष ४३ लाख बराबरको बिक्री गर्ने अनुमान रहेको उनले बताए।सुरुवातमा १२ लाख र गत वर्ष ३८ लाखको ड्रागन विक्री गरेको श्रेष्ठको भनाइ छ।स्थानीय बजारसंगै मुख्य गरि बुटवल, पोखरा, काठमाडौं र भारतको दिल्लीसम्म बजार पाएको श्रेष्ठको भनाइ छ। ‘उत्पादनको ५० प्रतिशत भन्दा बढि जिल्ला खपत हुने गरेको छ।’– श्रेष्ठले भने–‘यहाँका कर्मचारीहरुले पनि थुप्रै अर्डर गरेर लैजाने गर्नु हुन्छ।’ उत्पादित सामानको बजारीकरणलाई खासै समस्या छैन नभएको बताउदै अन्य ठाउँको भन्दा  आफ्नो फर्ममा उत्पादित ड्रागन फल स्वादिष्ट भएकोले बाहिरबाट धेरै माग भइरहेको उनको भनाइ छ।विश्वमा १ सय ५२ प्रजातिको ड्रागन फलको खेती हुँदै आएकोमा नेपालमा तीन प्रजातीको मात्र ड्रागन फलको खेती हुँदै आएको छ।रातो, सेतो र पहेंलो मध्ये इशान एग्रो फार्ममा अहिले रातो र सेतो ड्रागन फलको उत्पादन हुँदै आएको छ।खर्च कटाएर वार्षिक झण्डै ३० लाख रुपैयाँ आम्दानी हुने गरेको संचालक श्रेष्ठले जानकारी गराए ।

६ जनाले पाए रोजगारी

इशान एग्रोमा नियमित मासिक तलब पाउने गरी ६ जना व्यक्तिले रोजगारी पाएका छन्।यस बाहेक समय–सययमा गोडमेल तथा मलजल गर्दा थप १० जनालाई आंशिक रोजगारी दिने गरेको फर्मका व्यवस्थापक गुरुङले बताए।वर्षमा ४ पटकसम्म गोडमेल तथा मलजल गर्नु पर्ने उनको भनाइ छ।धान र गहु उत्पादन गरेर मात्र आम्दानी गर्न नसकिने बताउदैं व्यवसायीक उत्पादनलाई जोड दिनु पर्ने बताउछन्।ति कर्मचारीसंगै आफु पनि दिनैभर फर्ममा काम गर्ने गरेको उनी बताउछन्। ‘बिहान उज्यालो भएदेखि बेलुका रात परुञ्जेल ड्रागमका बिरुवासंगै रमाउने गर्छु ।’ लोक बहादुर गुरुङले भने– ‘हामीले सोचेको भन्दा बढि सन्तुष्टि पाएका छौं।’ सुरुमा सिजन टिपेर बजार लगेपछि सहज रुपमा विक्री गर्न सकेको हुंदा झनै हौसला मिलेको उनले बताए ।

करिब दुई करोड लगानी

कोरोनाले विश्वको अर्थतन्त्र थालिएको बेला हामीले ठुलै लगानी गर्दा व्यवसाय धराप पर्छ कि भन्ने सोचेका थियौ तर, समय परिवर्तनसंगै सही ठाउँमा लगानी भएको श्रेष्ठले सुनाउछन्। ‘४–५ वडा जिल्ला पुगेर राम्रो अध्ययन गरेपछि हामीले प्यूठानमै ड्रागन खेती निधो ग¥यौ।’ उनले भने–‘चितवन २४ सय र दाङबाट ६ सय बेर्ना लिएर सुरुवात गरेका थियौं।’ बाँकी आफ्नै फर्ममा उत्पादन गरेका बेर्ना लगायौं हाल भने ५ हजार विरुवाले उत्पादन दिदै आएको उनको भनाइ छ।उक्त फर्म विस्तार गर्दै लैजान हालको लगानी करिब २ करोड पुग्न थालेको समेत उनले जानकारी दिए ।

ड्रागन संगै अम्वा, मौसमी तथा बेमौसमी तरकारी र कुरिलो समेत लगाएको उनले बताए। ‘ठुलो मात्रा ड्रागन लगाए पनि यससंगै व्यवसयीक तरकारी खेती तथा अन्य उत्पादनलाई पनि सुरु गरेका छौं।’ श्रेष्ठ भन्छन्–‘यो झिमरुक फाँटलाई व्यवसायीक उत्पादनमा लगियो भने धेरै कुरामा प्यूठान जिल्ला आत्मनिर्भर हुनेछ।’  

बाहिरी जिल्लाको अवलोकन र युट्युब मार्फत ड्रागन खेती बारे ज्ञान लिएको सुनाउदै सुरुको सिजनमा बाटे सुक्ने रोग लागेर उत्पादन धेरै कम भएको बताए।दोस्रो वर्षमा आईपुग्दा थप अध्ययन गरेर खेती गर्दा ८५ क्विन्टल ड्रागन फल उत्पादन गर्न सफल भएको उनले बताए। ‘बिरुवा ल्याएको ठाउँमा दुई वर्षमा फल दिन शुरु गर्छ भनेको थियो, हामीले डेढ वर्षमै फलाउन सफल भयौं’ श्रेष्ठले भने।सामान्य २ सय देखि १२ सय ग्राम सम्मको फल उत्पादन भएको हास्दै सुनाए।

निर्माण व्यवसायीसंगै कृषिमा जम्दै श्रेष्ठ  

२०६५ साल देखि निर्माण व्यवसायमा लागेका श्रेष्ठ अन्तत कृषि कर्ममा पनि जोडिए।हाल श्रेष्ठ निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष समेत हुनु।सानै उमेर देखि व्यवसायीक रुपमा कृषि खेती गर्ने रुचि रहेको उनी सुनाउछन्।कृषिकर्म काठमाण्डौबाट सुरुवात गरेपनि आफ्नै गृह जिल्ला प्यूठान आएपछि उनलाई व्यवासीक सफलता मिलेको छ।इशान कन्ट्रक्सन मार्फत निर्माण कार्यमा पनि सक्रिय रहेका उनीले दुबै तर्फको सफलता हात पारेका छन्।प्यूठान जिल्लासंगै बाहिरी जिल्ला पनि काम गर्दै आएको श्रेष्ठले बताउछन्। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्