समय : ०५:२७ am | आइतबार , भाद्र २२ गते २०८१

नौबहिनीको कृषिजन्य उत्पादन जिल्ला बाहिर निर्यात

राधिका भुषाल | असार २ गते २०८१

प्यूठान।नौबहिनी गाउँपालिका प्यूठानमा उत्पादित कृषिजन्य बस्तु जिल्ला बाहिर निर्यात गर्न थालिएको छ।नौबहिनी गाउँपालिका ५ भेण्डाका कृषकले उत्पादिन गरेका तरकारी आइतवार दाङमा पठाइएको छ।

भेण्डा टोल विकास संस्थामा आवद्ध भइ व्यवसायीक कृषि खेती सुरु गरेका २३ जना अगुवा कृषकहरुले उत्पादन गरेका ७ सय ५० किलो चौमासे जातको सिमि जिल्ला बाहिर निर्यात गरेका पालिकाका कृषि शाखा समुन्द्र के.सीले जानकारी दिए। ‘चालु आर्थिक वर्षको चैत्र महिनामा त्यहाँका कृषकहरुलाई प्राविधिक सहयोग सहित विउ उपलब्ध गराएका थियौं।’ शाखा प्रमुख के.सी.ले भने – ‘किसानसंग गाउँ सरकार कार्यक्रम अन्तर उहाँहरुलाई मल, विषदी, कृषिजन्य उत्पादन राख्नका लागि क्यारेटहरु उपलब्ध गराएका थियौं।’ सोही ठाउँमा नर्सरी निर्माण गरी अकबरे खुसार्नीको बेर्ना पनि उत्पादन भइरहेको उनले बताए ।

४९ जना कृषकद्धारा प्रत्येक कृषकले एक एक रोपनी जमिनमा कृषि उत्पादन गर्ने लक्ष्य लिएपनि यस पहिलो सिजनमा  २३ जना कृषकले उत्पादनसंग जोडिएको उनको भनाई छ । नियमित अनुगमनसंगै कृषकलाई केही समस्या पर्नासाथ आफुहरु उपस्थित भई आवश्यक प्राविधिक  सहयोग गर्दै आएको जानकारी समेत दिए ।

१ लाख २३ को कार्यक्रम भएको बताउदै ७५ प्रतिशत सरकारको बजेट २५ प्रतिशत कृषकको लागनी रहेको कृषि शाखाले जनाएको छ।यो सुरुवात भएको हुदा कार्यक्रमको कत्तिको प्रभावकारी हुदै जान्छ सोही अनुसार सबै ठाउँ विस्तार गरिने जानकारी समेत दिए।

नौबहिनी गाउँपालिकाका वडा – ५ वडा अध्यक्ष दल राज पुनले निर्वाहमुखी   कृषि खेतिलाई अन्त्य गर्दै व्यवसायीमुखी  कृषि खेति गर्दै आय आर्जनमा जोडिनु पर्ने बताए। एक जना कृषकले मात्र उत्पादन गरेको बस्तुले बजार नपाउने हुँदा सामुहिक रुपमा उत्पादन गरि ठुलो परिमाणमा कृषि जन्य बस्तु निर्यात गर्न सहज हुने उनको भनाई छ।    

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्