समय : ०९:२४ pm | बिहिबार , मंसिर ६ गते २०८१

प्यूठानको छिमेकमा भेटिए ‘नाइरोबी फ्लाइ’का बिरामी

स्वर्गद्वारी अपडेट | असार २६ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । पछिल्लो समय नेपालको पुर्वि र पश्चिमी क्षेत्रमा देखिएको नाइरोबी फ्लाइ जातको किरा प्यूठान जिल्लाको छिमेकी जिल्ला बाग्लुङको बडिगाड गाउँपालिकामा पनि देखिएको छ । पालिकाका केहि वडामा किराका कारण सङ्क्रमित केहि व्यक्ति भेटिएपछि बडिगामा पनि उक्त जातको किरा रहेको पुष्टी पालिकाको स्वास्थ्य शाखाले गरेको हो । बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा साहायक हेम पुनका अनुशार उक्त किरा गर्मि हुने स्थानमा भेटिने हुदाँ बडिगाडका तल्लो वडामा मात्र केहि दिनदेखि नाइरोबी फ्लाइका विरामि भेटिएका हुन । तर पालिकामा जटिल बिरामि भने अहिले सम्म नभेटिएको उनले बताए । उक्त किराको संक्रमण भए नजिकैको स्वास्थय संस्थामा सम्पर्क गर्न पनि उनले शुझाव दिए । किरा मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरा थिचिदा रस निस्कने र उक्त रसमा भएको पेडेरिन तत्वले छालामा सङ्क्रमण गराउने उनले बताए । तर किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने सङ्क्रमण नहुने पनि हेम पुनले जानकारी दिए । पेडेरिन एसिड छालामा लागेपछि २४ घण्टाभित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने बडिगाडका स्वास्थ्य शाखा सहायक पुन बताए । लक्ष्यण देखिएकामध्ये पनि धेरैलाई आफैँ सञ्चो हुने पनि उनले सुनाए । कसरी जोगिने ? उक्त किराहरु प्रकाशमा आकर्षित हुन्छन् । तिनीहरू आवासीय क्षेत्र वरिपरि ठूलो संख्यामा जम्मा हुन्छन्, जहाँ रातभर घरको बत्ती र सडक बत्तीहरू किरणमा बस्न रुचाउने हुन्छन् । उक्त किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यानमा झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ । बत्तीमा यस्ता किरा आउन बढी रुचाउने गर्छन् । बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन । किरा बसेको ठाउँलाई साबुन र पानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस् भनेर ध्यान दिनु पर्छ ।’ यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्