समय : ०७:१६ am | सोमबार , पौष ८ गते २०८१

कृषि क्षेत्रमा भविष्य खोज्दै महेश 

राधिका भुषाल | पौष ७ गते २०८१

प्यूठान । पछिल्लो समय कृषि व्यवसाय धेरै युवाको कम रोजाइमा पर्ने गरेको छ । युवाहरूमा कृषि पेसा रुची नहुने र रोजगारी पनि नपाउँदा  स्वदेशमा बस्ने भन्दा विदेश जाने युवाको संख्या बढ्दो छ । आफ्नै बारी बाँझो राख्ने र विदेशमा गएर कष्टका साथ काम गर्नेहरूका लागि भने केही युवा उदाहरण बनेका छन् । प्यूठान नगरपालिका ८ बाग्दुला तालका महेश कुंवर भने त्यस्ता युवाका लागि उदाहरणीय पात्र मध्ये एक हुन् ।

केही सयम यता उनीले उन्नती कृषि फर्म दर्ता गरेर व्यावसायिक कृषि  खेतीमा लागेका छन् । २९ वर्षीय कुंवरको दैनिकी आजकल कृषिकर्ममा बित्ने गर्दछ । ड्रागन फ्रुट खेतीबाट भविष्यमा राम्रो सम्भावना देखेर कृषि लगानी गरेको महेश बताउछन् । १० रोपनी जमिनमा २ हजार बोट ड्रागन लगाएको उनले बताए । ‘अध्ययनको सिलसिला र रोजगारीले गर्दा करिब २१ वर्ष जति घरपरिवार देखि टाढिए ।’ महेश भन्छन्–‘डेढ वर्ष यता व्यवसायीक कृषि खेती सुरु गरेर परिवारसंगै बस्न पाउदाको यो समय निकै आनन्दपुर्वक वितेको छ ।’ बुवा, आमा र श्रीमतिको सहयोगमा २ वटा मुर्रा भैसी पालेर दैनिक २५ लिटर दुध बिक्री गर्दै आएको उनले सुनाए । ड्रागन खेतीसंगै एभोकाँदो, कुरीलो र च्याउ खेती समेत गर्दै आएको महेशले बताए । 

उनले पौष ५ देखि सुरु भएको प्रथम भित्रिकोट प्यूठान महोत्सवमा अर्गानीक कृषिजन्य बस्तुको स्टल समेत राखेका छन् । आफैले उत्पादन गरेका ड्रागनका विरुवा, घरतरुल, कोदोको पिठो, फापरको पिठो, दाल्चीनी, बेसार, अकवरे खुर्सानी, राजमा, सिमी, अमला लगायतका थुर्पै अर्गानीक बस्तुहरु विक्री गर्न ल्याएको बताउछन् ।

हालसम्म करिब ३० लाख लगानी गरेको बताउदै पहिलो सिजनको ड्रागनबाट ४ लाख आम्दानी गरेको बताउछन् । त्यस्तै दैनिक दुध विक्रीबाट पनि आम्दानी भइरहेको उनले बताए । अबको केही समयपछि  ड्रागनका विरुवा १० हजार पु¥याउने, ३ वटा मुर्रा भैसी थप गरी ५ वटा पु¥याउने साथै अर्गानीक फर्म सञ्चालन गरी लोकल कुखुरा, हाँस, मौरी पालन गर्ने लक्ष्य रहेको महेशले सुनाए । दैनिक बिहान उठेदेखि साँझसम्मको समयमा कृषिमा लगाउने गरेको बताउदै परिवारको मुख्य आम्दानीको स्रोत नै कृषि खेती भएको उनको भनाइ छ ।   

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्