समय : ०९:०२ am | आइतबार , असार २९ गते २०८२

प्युठानका स्थानीय सरकारका आम्दानी न्यून

राधिका भुषाल | भाद्र २७ गते २०८१

प्युठान।प्युठानका स्थानीय सरकारका आन्तरिक आम्दानी विगतभन्दा केही सुधार भए पनि उल्लेख्य सुधार नभएको पाइएको छ। 

आन्तरिक आम्दानी कमजोर हुँदा स्थानीय सरकार सङ्घ र प्रदेश सरकारको अनुदानको भरमा  सञ्चालन भइरहेका छन्।आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै आन्तरिक आम्दानी प्युठान नगरपालिकाले गरेको छ।प्युठान नगरपालिकाले  रु ३ करोड ३२ लाख २३ हजार १७२ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ। 

आन्तरिक आम्दानी गर्नेमा स्वर्गद्वारी नगरपालिका दोस्रो स्थानमा छ।स्वर्गद्वारीको आन्तरिक आम्दानी रु २ करोड ३७ लाख २७  हजार २  सय ३७ रहेको छ।यसैगरी, गौमुखी गाउँपालिकाको १ करोड ६ लाख ७८ हजार ८ सय ७० रहेको छ।नौबहिनी गाउँपालिकाले रु ७९ लाख ९४ हजार ८ सय ३ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ।  

झिमरुक गाउँपालिकाको रु ८९ लाख ९९ हजार ४ सय ६५रुपैंयाँ,मल्लरानी गाउँपालिकाको ५१ लाख २० हजार, माण्डवी गाउँपालिकाको ८५ लाख ७८ हजार रुपैंयाँ, ऐरावती गाउँपालिकाको रु ५६ लाख रुपैयाँ रकम आन्तरिक आम्दानी रहेको छ।

आन्तरिक आम्दानी वृद्धि गर्न उत्पादनमूलक कार्यक्रम ल्याउनुपर्ने सरोकार भएकाहरुले सुझाव दिएका छन्।स्थानीय तहले विभिन्न नौ प्रकारका कर उठाउन पाउने कानुनी व्यवस्था छ। 

गैरकरतर्फ सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, पार्किङ शुल्क, बहाल विटौरी शुल्क, जडीबुटी कवाडी र जीवजन्तु शुल्क, इन्जिन जडान नभएका टाँगा रिक्सा, अटो रिक्सालगायतका सवारी साधन, केवलकार तथा बोटमा समेत शुल्क उठाउन कानुनले स्थानीय तहलाई अधिकार दिएको छ।

यो पनि पढ्नुहोस्