समय : ०७:५६ am | शुक्रबार , कार्तिक २ गते २०८१
pandit

ज्यो. पं. पुर्ण प्रसाद खतिवडा

कार्तिक २ गते २०८१ को राशिफल

calendy मेष img
मेष

राेकिएका काम पुनः सञ्चालनमा आउनेछन् । सामाजिक क्षेत्रमा विशेष सहभागी हुने अवसर मिल्नेछ । गरेका कामबाट राम्रै सफलता हात पर्नेछ ।

calendy बृष img
बृष

कार्य सफलता ले मन प्रसन्न रहनेछ । धार्मिक तथा सामाजिक कार्यक्रममा मन नरमाउला भन्न सकिन्न । नवीन कार्यकाे थालनी हुने समय छ ।

calendy मिथुन img
मिथुन

अध्यायन अध्यापन सवल र सफल रहनेछ । धैर्यता र इमान्दारिताले कामकाे तिब्रतालाई परिणाममुखी बनाउनेछ । उपहार पनि मिल्न सक्छ ।

calendy कर्कट img
कर्कट

उत्साह उमङ्गमा ह्रास आउन सक्छ । शत्रुपक्ष सबल रहनाले आत्माबल निम्जाे हुनेछ । अरूकाे निर्णय आत्मासाथ गर्नाले धाेका हुनेछ । भँगेरालाई खान दिएर कामकाे थालनी गर्नुहाेलन ।

calendy सिंह img
सिंह

पूर्वान्नकाे समय सामान्य नै रहनेछ । अपर्हान्नबाट राम्राे समय आउनेछ । आफन्तको साथ सहयोग मिल्नेछ । महिला मित्रकाे साथ भने देखावटी मात्र रहनेछ ।

calendy कन्या img
कन्या

आर्थिक पाटाे सबल रहनेछ । दैनिक काम सरल र सहज बन्नेछन् । सरकारी कर्मचारीका लागि उत्तम समय रहेकाेछ । साथी भाइकाे साथ सहयाेग मिल्नेछ ।

calendy तुला img
तुला

गरिरहेका कामहरूमा ढिलासुस्ति आउन सक्छ । साेचबिचारका साथ निर्णय गर्नु बुद्धिमानी हुनेछ । आर्थिक तनावले किनारा लाउन सक्छ अतः कुकुरलाई खान दिएर काम थालनी गर्नुहाेला ।

calendy वृश्चिक img
वृश्चिक

 मनमा अन्याेल र चन्चलताले शान्तिकाे बाटाे अल्मलिन सक्छ । परिवारका लागि समय  दिन नसक्दा अशान्तिको ढेर चुलिन सक्छ । गाईलाई खाज दिएर कामकाे थालनी गर्नुहनेला ।

calendy धनु img
धनु

 छाटाे दुरीकाे मीठाे र लाभदायक यात्रा हुनेछ  । अर्थतन्त्रका नवीन मार्ग पत्ता लाग्नेछन् । सामाजिक र राजनीतिका क्षेत्रमा लगानी गरे खेर जाने छैन ।

calendy मकर img
मकर

यात्राकाे समय रहेकाेछ । श्रम र लगानी बाट अधिक फाइदा हुनेछ । आकस्मिक धनागमनकाे याेग रहेकाे छ समयकाे सदुपयोग गर्नुहाेला ।

calendy कुम्भ img
कुम्भ

तार्किक क्षमतामा वृद्धि हुनेछ ।एउटै आर्थिक काराेबारबाट धेरै फाइदा मिल्नेछ । साँझपख खर्चकाे वृद्धि भने हुन सक्छ  ।

calendy मीन img
मीन

बाेलेका कुराकाे विपरीत अर्थ लाग्नाले अपजसकाे भारी टाउकाेमा आउन सक्छ । स्वास्थकाे ख्याल गर्नुहाेला । खानपिन मा ध्यान दिनु पर्ला । परेवालाई खान दिएर कामकाे थालनी गर्नु हाेला । 

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला, राशिफल जे जस्तो भएपनि यहाँको आजको दिन शुभ रहोस् ।
ज्योतिष परामर्शको लागि सम्पर्क: 9842624306, 9840077047