स्मृती घर्ति मगर प्यूठान, नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले आज स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा भुपेन्द्र के सीको अध्यक्षतामा ९० सदस्यीय इकाई कमिटी गठन गरेको छ ।
इकाई कमिटीको सभापतिमा मिनराज सुवेदी, उप–सभापति सन्जय घर्ती मगर र बिन्जना नेपाली रहनुभएको छ । त्यस्तै कमिटीको सचिवमा राम प्रसाद पौडेल सह–सचिव वर्षा खड्का,बिना पुन मगर रहनुभएको छ । कोषाध्यक्षमा ज्ञानुमाया कुवर सदस्यहरु आशा गिरि, यमा पुन,कुशल केसी,जयदिप परियार,विपना अधिकारी, सम्झना धामी,विष्णु रोका, माया चन्द,शुशिला चन्द,खिमा भण्डारी,शुशिला थापा,निज्ञाता पुन मगर,रोशन विष्ट, लगायत रहनु भएको छ ।
त्यस्तै इकाई कमिटी गठन कार्यक्रममा नेपाली काङ्ग्रेस प्यूठानका पार्टी सचिव एन पी मगरको प्रमुख आतिथ्यता एवम नेबिसंघ जिल्ला अध्यक्ष कल्याण विक्रम केसीको विशिष्ट आथित्यता रहेको कार्यक्रममा रुकमान रोका क्षेत्री, पारस भण्डारी, राजेश जि सी लगायतको उपस्तिथिमा ९० जना सदस्य सहित नेबिसंघ इकाई कमिटी गठन गरेको बताईएको छ ।