स्मृती घर्ती मगर, प्यूठान।
प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नं ४ भिंगृबाट चोरीको सामान सहित २ जना व्यक्ति पक्राऊ परेका छन। हिजो राती भिंगृमा खटिएको प्रहरी गस्ती टोलीले निजहरुलाई पक्राऊ गरिएको हो।
पक्राऊ पर्नेमा सुनिलस्मृती गाउँपालिका वडा नं.०४ सुलिचौर बस्ने २८ बर्षको देव पुन र लुङ्ग्री गाउँपालिका वडा नं.०६ गुम्चालका १८ बर्षिय भिमे परियार रहेका छन।
प्रहरी गस्ती टोलीले शंकाको आधारमा पक्राऊ गरी खानतलासी गर्दा उनीहरुको साथबाट विभिन्न स्थानबाट चोरी गरि ल्याएको भाडाँकुडाहरु (२ वटा तामाको ताउला, २ वटा गाग्री, ३ वटा कसौडी, एउटा डाडु र २ थान मोबाईल सेट) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय प्यूठानले जानकारी दिएको छ ।
यसअघि चोरीको आशंकामा झिमरुक गाउँपालिका ४ तुसारपानीका ३४ वर्षीय बिष्णु पोख्रेल र स्वर्गद्धारी नगरपालिका वार्ड नं ५ सारीमा चोरी गर्ने एकजना ब्यक्तिलाई पक्राऊ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय प्यूठानले जनाएको छ।