मंसिर १३ गते २०८०
02:35: PM
मंसिर १३ गते २०८०
02:35: PM

प्रचण्डको ब्रिफिङ- अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्री कसैलाई बनाउँदिनँ

माघ १७ गते २०७९
3:24 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वाारी अपडेट प्यूठान  प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने ब्रिफिङ गरेका छन्।आज पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने बताए। माओवादीका केही नेताहरूले पनि तत्काल कसैलाई गृहमन्त्री नबनाउन सुझाव दिएका थिए।‘अदालतको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे थप निर्णय हुँदैन भन्ने कुराकानी भयो’ बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले पत्रकारहरूसँग भने, ‘अहिले गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुभएको छ, त्यही कायम रहन्छ।’राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूहरूले पाउनुपर्ने अडान राखिरहेको छ।फरक प्रसंगमा महराले राष्ट्रपति राष्ट्रिय सहमतिअनुसार नै बनाइने बताएका छन्।गत शुक्रबार नागरिकता मुद्दामा रवि लामिछानेको सांसद पद सर्वोच्चबाट बदर भएको थियो। रविले अमेरिकी नागरिकता त्याग गरे पनि पुन: कायमको प्रक्रिया पूरा भएको देखिएको थिएन। लामिछानेले आइतबार नेपाली नागरिकता पुन: कायम गरिसकेका छन्।लामिछानेको नागरिकता मुद्दाबारे सर्वोच्चबाट फैसलाको पूर्णपाठ आइसकेको छैन। पूर्णपाठ आइसकेपछि मात्रै गृहमन्त्री कसलाई बनाउने भन्नेबारे छलफल हुने माओवादीका नेताहरू बताउँछन्। माओवादीले पार्टीले महत्वपूर्ण मन्त्रालय नलिएको भन्दै गृहमन्त्री अरूलाई नछाड्न प्रधानमन्त्री प्रचण्डलाई दवाव दिइरहेका छन्।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page