फागुन १० गते २०८०
06:09: AM
फागुन १० गते २०८०
06:09: AM

झण्डै तीन घण्टापछि खुले सरकारी वेबसाइट, ह्याकरहरुले आक्रमण गरेको शंका

माघ १४ गते २०७९
5:31 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारीअपडेट प्यूठान । झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । दिउँसो एक बजेदेखि केहि वेबसाइट बन्द भएकोमा साढे एक बजेदेखि सबै सरकारी वेबसाइट डाउन भएका थिए ।सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएकाले सबैतिर समस्या देखिएको थियो । केन्द्रका निर्देशक तथा प्रवक्ता रमेश पोखरेलले बाहिरबाट ह्याकरहरुले आक्रमणको प्रयास गरेको हुन सक्ने जानकारी दिनुभयो ।‘प्रारम्भिक रुपमा हेर्दा बाहिरबाट आक्रमण भएको देखिएको छ, तर उनीहरुले पूरै कब्जा जमाउन नपाएकाले हामीले केही समयमै वेबसाइटलाई सञ्चालन गर्न सफल भयौँ’, पोखरेलले भन्नुभयो । वेबसाइट डाउन हुँदा सरकारी सेवा प्रवाह ठप्प भएको थियो ।अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएका थिए । अध्यागमनको साइट नचलेकाले विदेशबाट आएका व्यक्ति र जान लागेका व्यक्तिका कागजात सम्बन्धि काम ठप्प भएका  हुन् । अहिले उडान पनि सञ्चालनमा आएका छन् ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page